को रोना नदेखिएपछि कोशी अ स्पतालबाट आज ६ जना डिस्चार्ज

२४ वैशाख, विराटनगर । कोरोना भा इरस सं क्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो पटक गरिएको तीनवटा प रीक्षणमा कोरोना भा इरस सं क्रमण नदेखिएपछि उनीहरुलाई बुधबार बिहान डि स्चार्ज गरिएको हो । अ स्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाइ गरे । डिस्चार्ज भए पनि उनीहरुलाई अझै एकसाता विराटनगरमै स्वा स्थ्यकर्मीको निगरानीमा राखिनेछ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा को रोना सं क्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको भएर डि स्चार्ज भएका हुन् । उनीहरुलाई फूलका गुच्छा दिएर विदाई गरिएको छ ।

विराटनगरको को रोना विशेष अ स्पतालमा ३१ जना उपचाररत छन् । विराटनगरको को रोना विशेष अस्पतालमा उदयपुरमा सं क्रमण पुष्टि भएका मात्र २८ जना उपचार गराइरहेका छन् । बाँकी ३ जनामध्ये दुईजना झापा र एक जना भोजपुरका छन् ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.