भारतमा ल कडाउन बढेसँगै नेपाल फर्कनेको लर्को, चो र ना काबाट छिरेका १ सय ५५ जना नि यन्त्रणमा

मनोज श्रीवास्तव,

कपिलवस्तु, २३ बैशाख । कोरोना भा इरसका कारण सीमा नाका बन्द गरिएको बेला जिल्लाका बिभिन्न नाकाबाट नेपाल प्रबेश गर्न खोज्ने १ सय ५५ जनालाई नि यन्त्रणमा लिइएको छ ।

सोमबार रातिदेखि मंगलबार साँझसम्म चोर नाका हुदै नेपाल छिरिरहेका बेला उनीहरुलाई सशस्त्र प्रहरीले नि यन्त्रणमा लिएको हो ।

अहिले उनीहरु दशगजा क्षेत्रमा अ लपत्र अवस्थामा छन । भारतले सोमबारदेखि लकडाउन दुई साता बढाएपछि नेपाल प्रवेश गर्नेको ओइरो नै लागेको हो ।

नि यन्त्रणमा लिइएकाहरु कपिलवस्तु र छिमेकी जिल्लाका हुन् । सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले अबैध तवरबाट नेपाल छिर्न खोज्नेहरुलाई जिल्लाको पाँच स्थानमा रहेको दशगजामा राखिएको जानकारी दिनुभयो ।

नाकाबाट अ बैध प्रबेश रोक्न सीमामा एक हजार चार सय सश स्त्र प्रहरी परिचालन गरिएको छ । मंगलवार साँझ ४ बजे सम्म मयौदपुरमा ५६ चाकरचौडामा ४७ हदौनानमा १२, भिल्मीमा १४, कृष्णनगरमा २६ जना नि यन्त्रणमा लिइएको पुरीले बताउनुभयो ।

‘चोर नाकाबाट नेपाल प्रबेश गर्न खाज्नेलाई धमाधम नि यन्त्रणमा लिई पाँच स्थानमा राखेका हौ’ उहाँले भन्नुभयो । पुरी अनुसार नियन्त्रणमा लिने संख्या अझै बढदै जाने छन ।

भारतमा गाडीहरु चल्न दिइए पछि रोजागरीका लागि भारतका बिभिन्न स्थानमा रहेको नेपालीहरु फर्कनेहरु बढेका छन । लकडाउनले भारतका बिभिन्न स्थानमा रोकिएकाहरु अहिले धमाधम फर्कन थालेका हुन ।

फर्कनेहरु बढे्संगै जिल्लामा कोरानाको जो खिम समेत बढेका छन । यस्तै नि यन्त्रणमा लिइएकाहरुको ब्यवस्थापनमा समेत गाह्रो परेका छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले नि यन्त्रणमा लिईएकाहरुलाई भारत तर्फ नै क्वारेन्टाइनमा राख्ने गरी पहल भइरहेको बताउनुभयो ।

उहाँले भारतको सिद्धार्थनगरका डीएम र एसएसबीसंग नियन्त्रणमा लिईएकाहरुलाई त्यहीको क्वारेन्टाईनमा राख्ने बारेमा समन्वय भइरहेको जानकारी पनि दिनुभयो ।

स शस्त्र प्रहरीले नाकामा निगरानी बढाए पनि भारतबाट चोर नाका हुदै नेपाल भित्रनेक्रम रोकिएको छैन । अहिले चोरनाका हुदै भारतमा रोजगारीका लागि गएकाहरु अहिले फकर्ने गरेका छन ।

भारतमा लकडाउनको स्वरुप बदलेपछि भारतका बिभिन्न शहरमा रोकिएका नेपाली मजदुरहरु अहिले चोर नाका हुदै कपिलवस्तु छिर्ने गरेका छन ।

उनीहरु क्वारेन्टाइनमा नबस्दा कपिलवस्तु समेत कोरोनाको उच्च जोखिममा परेको छ । भारतको उत्तर प्रदेश लगायत बिभिन्न शहरहरुमा कोरानाको संक्रमतिको संख्या बढीरहेको छ ।

जिल्लामा १० पालिकाले तयार गरेको एक हजार ७७ क्वारेन्टाइन बेडमा एक हजार ३७८ जना रहेकाेमा ९ सय ७५ जना डिस्चार्ज भई हाल ४ सय ३ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनुभयो ।

१ हजार ६५ जनाको द्रूत परीक्षण आरडीटी गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । मंगलवार महराजगञ्ज नगरपालिकाको क्वारेन्टाइनमा रहेको ५४ जनाको स्वाब संकलन गरी पीसीआर टेष्टका लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगलते बताउनुभयो ।

जिल्लामा १० पालिकालले मंगलवारसम्म २५ हजार १ सय ६१ जनालाई राहत बितरण गरिएको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.