अब च ट्याङ पर्ने ठाउँ र समयको पनि पूर्वानुमान हुने

काठमाण्डौ – उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै च ट्याङको पनि पूर्वानुमान गर्ने भएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आउँदो वर्षातदेखि नै च ट्याङको पूर्वामानुमान गर्ने गरी भइरहेको जानकारी दिनुभयो । विभागले यअसघि वर्षात, हावाहुरी, बाढी र पहिरो आउने ठाउँ र समयको पूर्वानुमान गर्दै आएको छ ।

समयमै सही सूचना प्रवाह गर्न सके च ट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको मन्त्री पुनले बताउनुभयो । च ट्याङबाट हरेक वर्ष १ सय भन्दा धेरैको ज्यान जाने गरेको तथ्याङ्क छ । मन्त्री पुनले चट्याङको पूर्वानुमान भएपछि च ट्याङबाट हुने मानवीय क्ष ति रोक्न सजिलो हुने बताउनुभयो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले चट्याङ पर्ने ठाउँ र समयबारे पूर्वानुमान असम्भव नरहेको बताउनुभयो ।‘अरु देशहरुमा यो प्रविधि अहिले रहेको र नेपालमा पनि छिट्टै चट्याङबारे पूर्वानुमान गरेर सूचना प्रवाह गर्ने बताउनुभयो ।

पछिल्लो समय मौसम विभागले गर्ने पूर्वानुमानप्रति जनस्तरमा विश्वासको वातावरण बढ्दै गएकाले सन्तोष व्यक्त गर्दै आउँदो दिनमा थप सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रकुमार श्रेष्ठले कोरोना भाइरस (कोभिड-१९) म हामारी रोकथामका लागि गरिएको लकडाउनका कारण च ट्याङको समय र स्थानबारे पूर्वानुमान गर्ने कार्य केही समय पछि धकेलिए पनि यसै वर्ष काम सक्ने प्रयास भइरहेको बताउनुभयो ।-उज्यालो

Be the first to comment

Leave a Reply

Your email address will not be published.