कोरोना भा इरस : सबैभन्दा प्र भावित प्रदेश १, कर्णाली प्रदेशमा स ङ्क्रमण देखिएन

काठमाण्डौ – नेपालमा सबैभन्दा बढी प्रदेश नम्बर १ कोरोना स ङ्क्रमणबाट प्रभावित भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म स ङ्क्रमण देखिएको छैन ।

कुल स ङ्क्रमितको सङ्ख्या ८२ पुग्दा प्रदेश नम्बर १ मा मात्रै ३१ जनामा स ङ्क्रमण देखिएको प्रवक्ता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

यसैगरी प्रदेश नम्बर ५ मा २४ र प्रदेश नम्बर २ मा १३ जनामा सङ्क्रमण देखिएको छ । यस्तै वाग्मती प्रदेशमा ७ र सुदूरपश्चिममा ५ र गण्डकी प्रदेशमा २ जनामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । सङ्क्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ६६ जनाको विभिन्न अस्पतलमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको बताइएकाे छ ।

अहिले एक सय ६ जना शङ्कास्पद बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा एक र उपत्यकाबाहिर एक सय पाँच जना उपचाररत रहेका छन् । देशभरि २१ हजार पाँच सय २३ जना क्वरेण्टीनमा रहेका छन् ।

अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ६ सय ४० जनाकाे नमुना परीक्षण भएको छ । आरडीटी विधिबाट ५० हजार आठ सय ४५ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८२ जनाको परीक्षण भएको छ ।

प्रदेश नम्बर १ मा पाँच हजार आठ सय ३७, प्रदेश नम्बर २ मा पाँच हजार सात सय ३६ र वाग्मती प्रदेशमा आठ हजार ६ सय १० जनाको आरडीटी परीक्षण भएको छ ।

यस्तै गरी गण्डकी प्रदेशमा पाँच हजार आठ सय ८२, प्रदेश नम्बर ५ मा चार हजार आठ सय ३१, कर्णाली प्रदेशमा आठ हजार एक सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार एक सय ३६ जनाको आरडीटी परीक्षण भएको प्रवक्त देवकोटाले बताउनुभयो ।-उज्यालो

4 Comments

Leave a Reply

Your email address will not be published.