वि देशमा रहेका नेपाली ल्या उने त यारी

काठमाडौं, २३ वैशाख । वै देशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भा इरसका कारण अ लपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ ।

नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड १९ का कारण विदेशमा अ लपत्र श्रमिकको व्यवस्थापनमा सरकारको आगामी योजना’ विषयमा आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा अप्ठेरोमा परेका नेपालीको पहिचान गरेर प्राथमिकताका आधारमा स्वदेश ल्याइने बताउनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले उहाँहरूलाई कुन मितिमा ल्याउने भन्न सकिने अवस्था नरहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘जहाँसुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुरालाई योजना बनाएर मात्रै काम गर्नुपर्छ, कसरी फर्काउने र नेपालको श्रम बजारमा उहाँहरूको कसरी व्यवस्थापन गर्ने भन्नेबारे गहन छलफल गरेका छौँ । ’’ यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

1 Comment

Leave a Reply

Your email address will not be published.