महेश बस्नेत र सर्वेन्द्र खनालले दिए बाबुरामलाई कार बाहीको मागसहित मानव अ धिकार आयोगमा उ जुरी

काठमाडौं, वैशाख २२ । अ पहरणको आ रोप लागेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ(किसान)र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरूले अ पहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उ जुरी दिएका छन्।

सोमबार मानव अधिकार आयोगको कार्यालय हरिहर भवन पुगेर उनीहरूले सत्यतथ्य छानबिनका लागि निवेदन दिएका हुन्। उनीहरूले आफूहरू नि र्दोष रहेको समेत दाबी गरेका छन्।

‘समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको आग्रहमा राजनीतिक छलफलका लागि महोत्तरी गएको हो,’ नेकपा सांसद महेश बस्नेतले भने,’पार्टी एकतादेखि धेरै विषयमा कुराकानी गर्न सहमतिकै आधारमा गइएको भए पनि यसलाई अतिरञ्जित गरिएको भनेर हामीले छानबिनका लागि निवदेन दिएको हो।’

समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय सदस्य विश्वदीप पाण्डेलाई सा इबर क्रा इमअन्तर्गत कारबाही गर्न समेत माग गरिएको उनले बताए।
‘हामीलाई अ पहरकारीजस्तै बनाएर प्रचार गरिएको छ। यसले हाम्रो व्यक्तिगत,परिवारिक, सामाजिक र राजनीतिक जीवनलाई असर पारेको छ,’ बस्नेतले भने,’समाजमा फैलाउन खोजिएको भ्रमबारे समेत छानबिन गर्न हामीले भनेका छौं।’

महोत्तरीस्थित घरमै रहेका समाजवादी सांसद सुरेन्द्र यादवलाई सांसदहरू बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए। समाजवादी पार्टीले सांसद यादवको अपहरण गरिएको भनेर छानबिनको माग गरिरहेको छ।-सेतोपाटीबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.