नेपालमा एकैदिन १६ जनामा कोरोना सं,क्रमणको पुष्टी

काठमाडौं, २१ वैशाख । मुलुकमा आइतबार एकैदिन १६ जनामा कोरोना भाइरस सं,क्रमण देखिएको छ । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सं,क्रमण देखिएको हो ।

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना सं,क्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना सं,क्रमण पुष्टि भएको थियो ।

ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । नेपालमा सं,क्रमितको संख्या ७५ पुगेको छ ।

4 Comments

Leave a Reply

Your email address will not be published.