सरकार ढा,ल्न प्रचण्डको निर्देशनमा ह,स्ताक्षर अभियान सुरू

काठमाडाैँ । सरकारविरू,द्ध चौतर्फी घे,राबन्दी सुरू गरेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्नका लागि हस्ताक्षर अभियान सुरू गराएका छन ।

आफ्नो निवासमै सांसदहरूलाइ बोलाएर सरकारविरू,द्ध ह,स्ताक्षर मागिएको हो । प्रचण्डले ह,स्ताक्षर अभियान सुरू गरेपनि उनी निकटकै केही सांसदहरूले त्यसमा आपत्ति जनाएका छन ।

पार्टी एक बनाएर अघि बढाउनुपर्नेमा उल्टै पार्टीमा बिग्रह ल्याउनका लागि हस्ताक्षर अभियान चलाइएको भन्दै स्थायी समिति सदस्य टोपबहादुर रायमाझी लगायतले त्यसको बिरोध जनाएका छन ।

रायमाझीले अहिले सरकारविरू,द्ध हस्ताक्षर अभियान चलाउनु गम्भीर गल्ती भएको भन्दै पार्टी एक बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन । रायमाझीले पूर्वमाओवादी पक्षधरहरुले पार्टीभित्र चलाएको हस्ताक्षर अभियान गलत भएको बताए ।

अध्यक्ष प्रचण्डकै निर्देशनमा ओली सरकारविरुद्ध हस्ताक्षर अभियान चलाइएपछि रायमाझीले पार्टी एकता खलल पुग्ने गरी आफूले काम नगर्ने जानकारी गराएका छन । स्रोतका अनुसार फिल्डमा हस्ताक्षर अभियानको कमान्ड हरिबोल गजुरेलले गरेका छन । -दैनिकीबाट साभार

5 Comments

Leave a Reply

Your email address will not be published.