झापाका कोरोना सं,क्रमित पुरुष क्वारेन्टाइनमा जानै मानेनन्

राजु पौडेल, झापा, १४ वैशाख । झापाको बाह्रदशी गाउँपालिकाका–४ का ५० वर्षीय कोरोना सं,क्रमित त,ब्लिगी जमाती रहेको खुलेको छ । उनी भारतको दिल्लीको तब्लिगी जमातमा सहभागी भएर फर्किएको पुष्टि भएको छ ।

गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार सं,क्रमित ती पुरुष एक महिना अगाडि भारतको दिल्लीबाट घर आएका हुन् । सं,क्रमित पुरुष दिल्लीबाट फ,र्केर घरमै बसेका थिए । उनलाई पटक पटक आग्रह गर्दा समेत क्वारेन्टाइनमा जान नमानेको अध्यक्ष राजवंशीले जानकारी दिनुभयो ।

‘हामीले धेरै पटक आ,ग्रह ग¥यो’ उहाँले भन्नुभयो,‘भारतबाट आएको लामो समय पनि भएको थियो, उनले नमानेपछि हामीले घरमा बस्न भनेका थियौँ ।’ तर उनी बजारतिर पनि डुलेको खबरहरु आएकोअध्यक्ष राजवंशीले बताउनुभयो ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनलाई अस्पताल पठाउने तयारी भइरहेको छ । ‘कहाँ लैजाने भन्ने बारे छलफल हुदैछ‘ उहाँले भन्नुभयो ‘हामी भद्रपुर वा विराटनगर पठाउनलाई छलफल गर्दैछौं ।’ सं,क्रमित र उनको स,म्पर्कमा आएकाको बारेमा विस्तृत बुझ्नेका काम पनि सुरु भएको अध्यक्ष राजवंशीले बताउनुभयो ।

सुरुमा उनको आरडीटी टेस्ट नेगेटिभ आएको थियो । थप शं,का लागेर श्वा,ब परीक्षणको लागि कोशी अस्पताल विराटनगरको प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय झापाका महामा,री फोकल पर्सन जीवन चौलागाईँले बताउनुभयो ।

शुक्रबार मात्रै झापाको दमकका ६२ वर्षीय वृद्धामा कोरोना सं,क्रमण देखिएको थियो । हाल उनको विराटनगरको कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.