सुरेश श्रेष्ठ, दाङ । कोरोनाको कहरले राजधानी काठमाडौमा पनि जन जीवन नराम्रोसंग प्रभावित भएर घर फर्किएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनाका ५ जनाले घरको ढोका मात्र टेक्न पाएनन्, उनीहरुलाई वडा कार्यालयले समेत क्वारेन्टाइनमा राखेन ।
काठमाडौंमा ज्यालामजदूरी गरेर गुजारा चलाउँदै आएका उनीहरु कोरोनाको त्राससंगै घर फर्किएका हुन् । तर, घरमा परिवार र आफन्तले पनि बस्न दिएनन् भने गाउँलेहरुले पनि क्वारेन्टाइनमा बस्न सुझाए । घरपरिवार र स्थानीयको सुझाब अनुसार उनीहरु क्वारेन्टाइनमा बस्न चाहे । त्यसका लागि तुलसीपुर उपमहानगरपालिकासंग समन्वय गरे ।
तर उपमहानरपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा ठाउँ नभएको भन्दै भर्ना नलिएपछि उनीहरुले तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ ले सञ्चालनमा ल्याएको क्वारेन्टाइन गुहारे माग्न पुगे तर पनि सुनुवाइ भएन । त्यहाँ पनि ठाउँ नभएको भन्दै भर्ना नलिएपछि आफै क्वारेन्टाइन बनाएर बस्ने सोँच सहित वडाभित्रका केही विद्यालयसंग छलफल पनि गरे ।
‘घरमा पनि बस्न नदिने, समाजले पनि क्वारेन्टाइनमा बस्न नदिने भएपछि बाहिरबाट आएकाले पाँचै जनालाई छाप्रो बनाएर क्वारेन्टाइनमा राखेका छौ,रझेना टोल विकास संस्थाका अध्यक्ष यज्ञबहादुर वली बताउनभयो ।
अहिले तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा देशवाहिरबाट आएकाहरुलाई राख्ने गरिएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताउनुभयो ।
विदेशबाट आएकाहरुलाई राख्ने गरी मात्रै क्वारेन्टाइनको क्षमता रहेको तथा देशभित्रबाट दैनिक सयौंको संख्यामा आउन सक्ने भन्दै क्वारेन्टाइनमा राख्न नसकिने तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता सूर्यबहादुर डाँगीले बताउनुभयो । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणकालागि सरकारले लकडाउन गरेपछि दाङ भित्रिनेको संख्या बढेको छ ।
tadalafil vs sildenafil – tadalafil cost tadalafil generic
minoxidil propecia – propecia coupon propecia cost
propecia pills – http://propechl.com/ propecia 1mg
tadalafil price – tadalafil tablets 40mg buying tadalafil online safely
Qbverg – http://virviaga.com/ order sildenafil
Wicubs – ivermectin brand name Aejyim xrjvsi
Gaskkf – furosempi.com Thiqwk xwtsno