कोरोना निको भई घर फर्कने ४ जना यी हुन्

काठमाडौं । धनगढी उपमहानगरपालिका– ५, कैलालीका ३४ वर्षीय युवक अस्पताल भ,र्ना भएको २८ औं दिनमा निको भएर मंगलबार साँझ घर फर्किएका छन् । उनी घर गएसँगै निकाे हुने काेराेना सं,क्रमितकाे संख्या ४ पुगेकाे छ । चैत ११ मा सेती प्रादेशिक अस्पताल भ,र्ना भएका उनमा चैत १४ मा कोरोना सं,क्रमण पुष्टि भएको थियो ।

तीन वटा रिपोर्ट पोजिटिभ आएको उनका उपचारपछि पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आए । दुबईबाट दिल्ली हुँदै चैत ७ मा काठमाडौं पुगेका शाही ८ चैतमा बुद्ध एयरको जहाजबाट नेपालगञ्ज पुगेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारकाे विवरणमा भने उनी निकाे भएकाे व्यहाेरा र संख्या समावेश गरेकाे छैन ।

नेपालमै पहिलो संक्रमितका रूपमा चीनबाट नेपाल आएका एक विद्यार्थी पहिल्यै निको भइसकेका थिए । त्यसपछि दोस्रो सं,क्रमित रहेकी काठमाडौंकी १९ वर्षीया किशोरी प्रशिद्धि श्रेष्ठ र चौथो सं,क्रमित रहेकी बागलुङकी ६५ वर्षीया महिला तथा अर्का कैलालीका युवक समेत यसअघि नै निको भएर घर फर्किसकेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.