सल्यानका एक युवाको आरडीटी रिपोर्ट पोजेटिभ

आशिष केसी, सल्यान, ०८ बैशाख । सल्यानका एक युवामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । सोमबार श्रीनगरमा आरडीटी परीक्षण गर्दा ती युवाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले जानकारी दिनुभयो ।

अहिले उनलाई जिल्ला अस्पताल सल्यानको आइसोलेशनमा राखिएको छ । ती युवाका परिवारका अन्य पाँच जनालाई पनि अहिले अस्पताल ल्याएर र्‍यापिड डाइग्नोष्टिक टेष्ट गर्न लागिएको प्रमुख बुढाले बताउनुभयो ।

र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) रिपोर्ट पोजेटिभ आएपछि उक्त युवाको स्वाब संकलन गरेर मंगलबार सुर्खेतस्थित प्रयोगशालामा पठाइने स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

१० वटै स्थानीय तहका भारत तथा तेस्रो मुलुकाबाट आएकाहरुको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्ने क्रममा सोमबार ती युवाको रिपोर्ट पोजेटिभ आएको हो ।

सल्यानमा अहिलेसम्म र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरिएका ४ सय ९५ जनाको रिर्पोट नेगेटिभ आएको छ । अहिले नै र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको परीक्षणलाई अन्तिम नभएको डा. बुढाले बताउनुभयो । ती युवा गत चैत ५ गते दुबईबाट काठमाडौं आएका थिए, भने ६ गते सल्यान आइपुगेका थिए ।

Материалы по теме:

नेपालमा एकैपटक थपिए १७ जना कोरोना सं,क्रमित – दुई महिनाको शिशुमा समेत देखियो कोरोना
काठमाडौं । नेपालमा एकैपटक १७ जना कोरोना भाइरस सं,क्रमित भेटिएका छन्। पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सं,क्रमितको ...
साउदी अरबमा ६ सय ७४ जना नेपालीमा कोरोना – ४ को मृ,त्यु
रियाद । बैदेशिक रोजगारको क्रममा साउदी अरेबियामा कार्यरत नेपालीमा कोभिड १९ भाइरसको सं,क्रमण ६ सय ७४ जनामा सं,क्रमण देखिएको छ । तीमध्ये ४ जनाको ...
बर्दियाका कोरोना सं,क्रमित कालीमाटीमा व्यापार गर्थे
बर्दिया । गुलरिया नगरपालिका-११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि पूरै गाउँ शनिबार दिउँसोबाट सिल गरिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जारी ...
नेपालमा एकैदिन १६ जनामा कोरोना सं,क्रमणको पुष्टी
काठमाडौं, २१ वैशाख । मुलुकमा आइतबार एकैदिन १६ जनामा कोरोना भाइरस सं,क्रमण देखिएको छ । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना सं,क्रमण पुष्टि भएको ...
नेपालमा कोरोना सं,क्रमण तेस्रो चरणमा प्रवेश
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको सं,क्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना सं,क्रमण ...

Be the first to comment

Leave a Reply

Your email address will not be published.