कोरोना त्रा,स – सडकमा नोटको विटो फाल्दै हिँडेपछि स्थानीय त्र,सितः अपरिचित २ महिलाको हुलिया पत्ता लाग्यो

काठमाडौं । जनकपुरधाममा पैसा छर्दै फ,रार भएका दुई महिलाको हुलिया प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो एकबजेतिर अपरिचित २ महिलाले जनकपुरधाम वडा नम्बर ४ स्थित सडकमा १० रुपैयाँको नोटको विटो फाल्दै हिँडेपछि स्थानीयवासी त्र,सित छन् । दुईजनाको समूहमा रहेको ती महिलाहरुले १० रुपैयाँको नोटहरु छरेर भागेको स्थानीय महावीर चोक बस्ने शंकर साहले बताएका थिए ।

स्थानीयवासीले खबर गर्ने बित्तिकै घटनास्थल पुगेर दश रुपैयाँको १३ वटा नोट संकलन गरेर सुरक्षित साथ लिएको साथै महिलाको तस्विर आफूहरुसँग आइसकेको र खोजी कार्य सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नोट छरिएको स्थानमा पुग्नेबितिकै प्रहरीले स्यानिटाइजर छर्किएको थियो । प्रहरीले नजिकै रहेको एक घरमा रहेको सीसीटिभी फुटेज नि,यन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । यता घ,टनालाई लिएर स्थानीयवासी त्र,सित छन् । नोट फालेर भाग्ने महिला को हुन् र किन पैसा फालेर भागे सोको बारेमा यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.