विराटनगरमा ल कडाउन उ ल्लंघन गर्ने दुई घण्टा सडकमा उभ्याइयो

तारा आचार्य

विराटनगर, १ वैशाख । ल कडाउनको अ वज्ञा गरेर जथाभावी हिंडडुल गर्नेहरुलाई विराटनगरमा बाटोमा दुई घण्टा उभ्याएर छोडिएको छ ।

कोरोना भा इरसको कारण विश्वमानै सं क्रमण फैलिएको बेला नेपाल सरकारले लकडाउन गरेको २१ दिन पुगेको छ ।

प्रदेश १ सरकारले लकडाउनलाई अझ कडा बनाउने घोषणा गरेसंगैं मोरङ प्रहरीले विहान ८ बजे देखि १२ बजे र बेलुका ४ बजे देखि ७ बजे सम्म पूर्णरुपले ल कडाउन पालना गर्न सर्व साधारणहरुलाई आग्रह गरेको छ ।

अत्यावश्यक भन्दा बाहेकका सवारी साधन र मानिसलाई नियन्त्रणमा लिएर बाटोमा उभ्याएर उनीहरुलाई लकडाउनको बारेमा सचेत गराएर दुई घण्टा पछि छोडिदिने गरेको जिल्ला ट्राफिक कार्यालय मोरङले जानकारी दिएको छ ।

तोकिएको समय भन्दा वाहिर घरबाट वाहिर ननिस्कीन प्रहरीले माइकिङ गर्दै हिडिरहदा समेत लकडाउनलाई सर्व साधारणले महत्तवको साथ नहेरेको पाइन्छ ।

विहान बेलुकीको समयमा धेरै भीडभाड गर्ने र लकडाउनको अवज्ञा गर्ने गरेका कारण सचेतना गराउनका लागि सडकमा उभ्याइएको ट्राफिक कार्यालयले जनाएको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.