
खोटाङ । गएको चैत्र १४ गते उदयपुरको कटारी अस्पतालको आइसोलेशन वार्डबाट भा,गेका व्यक्तिको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । नमुना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएसँगै उनमा कोरोनाको स,ङ्क्रमण पुष्टि नभएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
गएको चैत २३ गतेदेखि फेरि स्वास्थ्य चौकी दुर्छिमको क्वरेण्टीनमा राखिएका उनको स्वाब परीक्षणका लागि बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कने क्रममा उनलाई चैत १२ गतेदेखि कटारी अस्पतालको आइसोलेशनमा राखिएको थियो ।