म अर्बपति मान्छे, द,शा लागेर लाखमा लो,भिएँ, माफी पाउँ – सुलभ अग्रवाल

काठमाण्डौ । ज्वरो नाप्ने थर्मन गन कालोबजारीको आरोपमा नीलो नम्बर प्लेटको झण्डावाल गाडीसँगै पक्राउ परेका शंकर ग्रुपका मालिक तथा जगदम्बा स्टीलका संचालक सुलभ अग्रवालले आफूले गल्ती गरेको भन्दै प्रहरीसँग बिलौना गरेका छन् ।

दरबारमार्गस्थित प्रहरी हिरासतमा राखिएका उनले बिहीबार बयान दिने क्रममा प्रहरीसँग यस्तो बिलौना गरेका हुन् । प्रहरी स्रोतका अनुसार पक्राउ परेको दिन र बुधबारको तुलनामा बिहीबार उनको बयान पूरै परिवर्तन भएको थियो । प्रहरीले लिएको बयानमा उनले आफूबाट ठूलो भूल भएको भन्दै माफी दिलाइदिन अनुनय गरेका थिए ।

‘म अर्बपति मान्छे, लाखमै लोभिएर ठूलो गल्ती गरेँ ।’ उनले भनेको कुरा उद्धृत गर्दै प्रहरी स्रोतले भनेको छ-‘मेरो बुद्धि बिग्रियो र यस्तो भयो । मलाई ठूलो दशा लागेको छ। यो सब दिनदशा बिग्रिएर भयो ।’

उनले प्रहरी अधिकारीहरुसँग आफू गल्तीको प्रायश्चित गर्न तयार रहेको र एकपटकका लागि माफी हुने वातावरण मिलाइन दिन आग्रह गरेका छन् । सुलभ अग्रवाललाई बजारमा ३५०० रुपैयाँ हाराहारीको मूल्य पर्ने थर्मल गन रु. १५ हजारमा बिक्री गरिरहेको बेला ग्राहक बनेर पुगेको प्रहरीले रंगेहात पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी प्रहरी भ्यानमा हाल्न खोज्दा उनी आफू पावरफूल मान्छे भएको भन्दै गाडीमा बस्न मानेका थिएनन् । प्रहरीले उनलाई भ्यानमा हाल्न बल प्रयोग गर्ने क्रममा प्रहरी भ्यानको सिसा नै फू’ट्न पुगेको थियो ।

त्यसपछि उनलाई हिरासतमा राखिएको थियो । हिरासतमा लिइएको रात पनि उनले प्रहरीलाई चैनको निद्रा सुत्न दिएका थिएनन् । छाति दुख्यो, मुटु दुख्यो, मरे भन्दै रातको समयमा हंगामा गरेपछि उनलाई वीर अस्पताल लगिएको थियो । त्यही मुटु, कलेज, ब्लड प्रेसर लगायत सबै चेकजाँच गर्दा अवस्था सामान्य देखिएपछि भवितव्यका लागि आवश्यक भनी डाक्टरले लेखिदिएको डेढ सय रुपैयाँको औषधिसहित सुलभलाई प्रहरीले पुनः हिरासतमा लिएको थियो ।

उनले आफूलाई छाति दुखेर सास फेर्नै गाह्रो भएको भन्दै नर्भिक अस्पतालस्थित निजी चिकित्सककोमा पुर्याइदिन सुरुमा नाटक गरेका थिए । तर उनको नाटक बुझेको प्रहरीले नर्भिक नलगी वीर अस्पताल पुर्याएर स्वास्थ्य जाँच गरी फर्काएको थियो ।-बिजशालाबाट साभार

Be the first to comment

Leave a Reply

Your email address will not be published.