आउँदो दुई हप्ता हाम्रा लागि थप चु,नौती छ – राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृ,त्यु हुन सक्ने बताएका छन् ।

अमेरिकामा कोरोना भाइरस सं,क्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई हप्तामा अझ धेरै अमेरिकी नागरिकको मृ,त्यु हुने सम्भावना रहेको धारणा उनले सार्वजनिक गरेका हुन् ।

ह्वाइट हाउसमा गठन गरिएको कोरोनाभाइरस नि,यन्त्रण कार्यदलको बैठकपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा मानवीय क्ष,तिको अनुमान गर्न निकै कठिन रहेको उल्लेख गरे ।

पछिल्लो विवरणमा अमेरिकामा कोरोना भा,इरसका कारण तीन लाखभन्दा बढी नागरिक सं,क्रमित भइसकेका छन् । शनिबार (४ अप्रिल)सम्म अमेरिकामा आठ हजार २९१ जनाको मृत्यु भइसकेको विवरण कार्यदलको बैठकमा पेस गरिएको थियो । सो विवरण जोन्स हप्किन्स विश्वविद्यालयको विवरण हो ।

राष्ट्रपति ट्रम्पले जरुरी स्वास्थ्य उपकरण उत्पादनमा रहेको एकाधिकार तोड्न डिफेन्स प्रोडक्सन एक्ट (डिपिए)मा हस्ताक्षर गर्नु परेको पनि बताए । यो जारी भएसँगै अन्य कम्पनीहरुले पनि चिकित्सा सामग्री उत्पादन गर्न पाउने र बजारमा अत्यावश्यक स्वास्थ्य सामग्री सर्वसुलभ हुने अमेरिकी सरकारको विश्वास रहेको एएनआईले जनाएको छ ।

कार्यदलकी सदस्य डा. म्यारी इ. बर्चले पनि राष्ट्रपति ट्रम्पले भनेझैं आगामी दुई हप्तामा कोरोनाका कारण अमेरिकामा ठूलै स्वास्थ्य चुनौती देखिने बताइन् । क्ष,ति न्यूनीकरण गर्नका लागि जस्ले जहाँबाट जे जे सकिन्छ त्यही त्यही गर्नुपर्ने समय आएको उनको भनाई छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.