
गत शनिबार नेपालमा पाँचौ को,रोना संक्र,मित पुष्टि भयो। बेल्जियमबाट कतार एयरवेजमार्फत् चैत ४ गते काठमाडौं झरेकी बागलुङ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटा अहिले अस्पतालमा उपचाररत छिन्।स्वास्थ्य अवस्था सामान्य भए पनि को,रोना पोजिटिभ भएका कारण उनी निरन्तर डाक्टरको निगरानीमा अस्पतालभित्रै छिन्।
आफूलाई कोरो,नाको सं,क्रमण नभएको उनी बताउँछिन्। ‘ज्वरो पनि छैन। खोकी पनि छैन। सुरुमा १-२ दिन समस्या भएको हो। अहिले ठीक छु,’ उनले भनिन्।
बेल्जियमदेखि बागलुङ यात्रा-चैत ३ गते बेल्जियमबाट नेपालका लागि उडेकी अंशुको कतारमा ट्रान्जिट पर्यो। ३ घण्टा ट्रान्जिटमै विताइन् उनले। प्लेनबाट निस्किए पनि एयरपोर्टबाट बाहिर गइनन्। ‘केही खाएको पनि छैन। कसैलाई भे,टेको पनि छैन।
जहाजबाट चाहिँ ओर्लिएँ। तर कतै गएको थिइन्,’ उनले भनिन्। ४ गते उनी कतार एयरवेजकै अर्को प्लेन चढेर काठमाडौं झरिन्। उनको साथमा हजुरआमा पनि थिइन्। भिडियो हेर्नुस