६६ लाखले गु,माए अमेरिकामा जागिर

काठमाडौं । अमेरिकामा कोभिड १९ को महामा,रीसँगै जागिर गु,माउनेहरुको संख्या ह्वा,त्तै बढेको छ । अमेरिकाको श्रम विभागको पछिल्लो तथ्यांक अनुसार जागिर गुमाउनेहरुको संख्या ६६ लाख नाघेको छ ।

अघिल्लो साता बेरोजगारहरुको संख्या ३.३ मिलियन मात्रै रहेको विभागले तथ्यांक निकालेको थियो । तर, यो साता भने बेरोजगारहरुको संख्या अघिल्लो साताको तुलनामा दोब्बर बृद्धि भएको छ ।

अहिलेको समयमा अमेरिकी सरकारले कोभिड १९ कारण जागिर गु,माउनेहरुलाई राहत दिने उदेश्यले विवरण संकलन गरिरहेको छ । तर, यसमा पार्ट टाइम काम गर्नेहरुलाई भने समावेश गरिएको छैन ।

कोभिड १९ को महामा,री रो,क्नका लागि विभिन्न राज्यमा अमेरिकी सरकारले लकडाउन गरेसँगै बेरोजगारहरुको संख्या ह्वात्तै बढेको हो ।

त्यस्तै, अनलाइन फारम भर्न समस्या भएको र टेलिफोन सेवा व्यस्त भएको कारण केहीले आफ्नो विवरण सूचीकृत गर्न सकिरहेका छैनन् । त्यसैले बेरोजगारहरुको संख्या अझैं बढ्नसक्ने अनुमान गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.