बाबुरामको क,डा टिप्पणी,- भ्र,ष्टाचार गर्नेहरु चो,खिने !

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मेडिकल सामग्री खरिद सम्झौता रद्द गरिएपछि सरकार प्रमुख र मन्त्रीहरुबारे कडा टिप्पणी गरेका छन् । उनले ट्विटरमा यस्तो लेखेका छन्,”सेटिंगमा रद्दी स्वास्थ्यसामाग्री किनेर करोडौंको भ्र,ष्टाचार गर्ने मन्त्री/कर्मचारी सम्झौता भंग गरेर चो,खिने! सु,रक्षाप्रेस खरिदमा अरबौंको क,मिशन मोलतोल गर्ने मन्त्री रा,जीनामा दिएर चोखिने!ललितानिवास प्र,करणमा कमिसनको जग्गा छोडेपछि नेता/न्यायाधीश चोखिने!यही हो कँणहरूको नयाँ विधिशास्त्र?”

नेता भट्टराईले नाम नलिईकन स्वास्थ्य सामग्री खरिद प्रकरणमा वर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र उक्त मन्त्रालयका कर्मचारीले करोडौंको भ्र,ष्टाचार गरेको टिप्पणी गरेका छन् । त्यस्तै, उनले करोडौंको भ्र,ष्टाचार गर्ने मन्त्री र कर्मचारीहरु सम्झौता गरेर चोखिन खोजेको पनि बताएका छन् ।

त्यस्तै, केही समय अघि सु,रक्षा प्रेस खरिदमा अरबौंको कमिशन मोलतोल गरेको भनेर पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाको नाम नलई क,डा टिप्पणी गरेका छन् । उनले बाँस्कोटाले मन्त्रीबाट रा,जीनामा दिएर चोखिएको पनि टिप्पणी गरेका छन् । ललितानिवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता तथा न्यायाधीश चोखिन खोजेको भन्दै नाम नलिईकन नेकपाका महासचिव विष्णु प्रसाद पौडेलमाथि कडा टिप्पणी गरेका छन् । नेता भट्टराईले अन्तिममा प्रश्न गरेका छन्,”यही हो कँणहरूको नयाँ विधिशास्त्र ?”

Be the first to comment

Leave a Reply

Your email address will not be published.