स्वा स्थ्य मन्त्री ढकाल वि’रुद्ध प्रदेश सांसदले हाले अ ख्तियारमा उ जुरी

काठमाडौं: मेडिकल सामग्री खरिद गर्दा अ नियमितता गरेको आ रोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल वि’रुद्ध उ जुरी गरिएको छ। विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्ति यार दुरुपयोग अनुसन्धान आयोगमा वेबसाइट मार्फत मन्त्री ढकालका वि’रुद्ध उ जुरी गरेको विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए।

अ ख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने अन्य काममा व्यस्त भएकाले अनलाइमा उजुरी आए न आएको हेर्न नभ्याएको बताए । ‘अनलाइन मार्फत उजुरी प्राप्त भएपछि प्रेषकलाई प्राप्त भएको जानकारी सिस्टमले नै दिन्छ।’ प्रवक्ता कोइरालाले भने–‘अहिले हेर्न भ्याएका छैनौं आयो आएन एकछिन पछि हेर्छौं’।

बजार दरभन्दा धेरै महँगोमा मेडिकल सामग्री खरिद गरी अनियमितता भएको देखिएको र सबत्र आलोचना हुँदा समेत जवाफ दिन आवश्यक नहरहेको भन्दै मन्त्री ढकाल पन्छिएको आरोप उजुरीमा लगाइएको छ । सरकारले चीनबाट खरिद गरी मगाएको ७५ हजार थान र्‍यापिड टेस्टिङ किट अहिले गोदाममा थन्‍किएको छ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालसम्म यो किटलाई मान्यता नदिएकोले यसको उपयोग नहुने भएको हो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.