कुनै भ वितव्य भए स्वा स्थ्यकर्मी र सु रक्षाकर्मीलाई १ लाख रुपैयाँ दिइने

ज्योतिकुमार पन्थी
बर्दिया, १९ चैत । गुलरिया नगरपालिका अन्तर्गतको शम्भूशरण माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वा रेन्टाईनमा खटिएका स्वा स्थ्यकर्मी र सु रक्षकर्मीलाई कुनै भवितब्य भए वा कसैबाट कोरोनाको सं क्रमण भए उनीहरूलाई क्ष तिपूर्ति दिईने भएको छ ।

गुलरिया नगरपालिका वडा नं २ ले शम्भूशरण माविमा निर्माण गरिएको क्वारेन्टाईनमा खटिएका कुनै पनि स्वा स्थ्यकर्मी र सु रक्षाकर्मीका आफन्तलाई सान्त्वनास्वरूप १ लाख रूपैयाँ सहयोग गर्ने वडा कार्यालयको आज बसेको वैठकले निर्णय गरेको हो ।

सामग्रीको अभावमा क्वारेन्टाईनमा खटिएका स्वा स्थ्यकर्मी र सु रक्षाकर्मीलाई केही भए १ लाख सहयोग गर्ने निर्णय गरेको वडाध्यक्ष टंक अधिकारीले जानकारी दिनुभयो । वडाले क्वारेन्टाईनमा खटिएका सुर क्षाकर्मी र स्वा स्थ्यकर्मीको मनोवल बढाउन यस्तो निर्णय गरिएको वडा कार्यालयले जनाएको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.