गिट्टी कु,ट्ने मजदुर परिवारलाई १५ दिन पुग्ने राहत

सिन्धुली । दैनिक ज्यालादारी गरि जी,विकोपार्जन गर्ने मजदुरहरुको खाद्य सु,रक्षाको अधिकारलाई मध्येनगर गर्दै राहतको प्याकेज दिने घोषणा गरेको कमलामाई नगरपालिकाले मंगलबार ग्वाङखोलामा गिट्टी कु,ट्ने मजदुरका परिवारलाई राहत वितरण गरेको छ ।

कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी र नगर प्रवक्ता कर्णबहादुर घिसिङले घरमै पुगेर राहत वितरण गरेका हुन ।

उक्त प्याकेजमा १० देखि १५ दिनलाई पुग्ने गरि अत्यावश्यक खाद्य सामग्रीहरु चामल, दाल, आलु, नुन, चिनी, वेसार, तेल लगायत राखिएको छ ।

लक डाउन अवधिमा दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने कमलामाई नगरक्षेत्र भित्रका ३३ जनालाई मंगलबार उक्त राहत उपलब्ध गराईएको कमलामाई नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले बताए ।

राहत प्याकेजले १० देखि १५ दिनसम्मको लागि पुग्ने अनुमान गरिएको छ । प्याकेजमा, चामल २० के जी, दाल ३ के जी, चिनी १ के जी, आलु २ के जी, बेसार ५० ग्राम, तेल १ लिटर र नुन १ के जी राखिएको छ ।

प्रति प्याकेज १ हजार ८१० रुपैंया बराबरको लागतको रहेको छ । नगरपालिकाले अन्य मजदुरहरुलाई पनि प्याकेज वितरण गरिने जनाएको छ । विशेषगरि दैनिक ज्याला मजदुरी गरि जीविका चलाउनहरुका लागि नगरपालिकाले उक्त प्याकेज ल्याएको जनाएको छ ।

लक डाउनका बेलामा कोहि पनि भोकले मर्न पर्ने अवस्था नआओस भनेर उक्त प्याकेज ल्याईएको नगरपालिकाका मेयर खड्ग खत्रीले बताए । कोरोना भाइरसको सं,क्रमण हुनसक्ने भनि सरकारले गरेको लकडाउनका कारण मजदुरहरुले खान नपाएको गुनासो बढेपछि नगरपालिकाले उक्त अभियान सुरु गरेको हो । नगरपालिकाले नगरभित्रका सबै मजदुरहरुलाई राहत दिने जनाएको छ ।

पहिलो र दोस्रो चरणमा गरि नगरपालिकाले करिब ५ सय जनाको सूचि राहत दिनका लागि तयार गरेको छ भने विपन्न र मजदुरहरु पत्ता लगाउन जनप्रतिनिधिहरु, टोल विकास संस्थाहरुलाई परिचालन गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.