कोरोना सं क्रमितको उपचार गर्न नर्भिक अस्पताल तयार

काठमाडौं : नर्भिक अस्पतालले कोरोना भाइरस सं’क्रमितको उपचार गर्न आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ। यो कोरोनाका बिरामीका लागि निजी अस्पतालले तयार गरेको पहिलो आइसो लेसन वार्ड हो। अस्पतालका सञ्चालक वसन्त चौधरीले १५ शय्याको पूर्ण सुविधा सहितको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको जानकारी ट्वि’टरमार्फत दिएका छन् ।

‘नर्भिक अस्पतालको मूल भवनभन्दा छुट्टै १५ शय्याको नवनिर्मित फुल इक्विप्ड कोभिड आइसोलेसन वार्ड आजदेखि सञ्चालनमा आएको छ,’ चौधरीले ट्विटमा लेखेका छन्, ‘नर्भिक सधँै तपाईं हरुको सेवामा ।’ यसअभि कोरोना भाइरस स’ङ्क्रमण रोकथाम तथा निय न्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा नर्भिक अस्पतालका अध्यक्ष चौधरीले एक करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

कोरोना भाइरस रोकथाममा सहयोग पुगोस् भन्दै चौधरीले ५० लाख बराबरको स्वास्थ्य सामग्री र ५० लाख रुपैयाँ नगद दिने घोषणा गरेका हुन्। सम्पूर्ण सुविधा भएको कक्ष तयार पारिएको र कोरोना संक्रमित बिरामी आएमा अस्पताल उपचारका लागि तयारी अवस्था मा रहेको चौधरीले बताए ।

8 Comments

Leave a Reply

Your email address will not be published.