काभ्रेमा ल कडाउन उ ल्लंघन गर्ने ५० वटा बाइक र एउटा बस प्रहरी नि यन्त्रणमा

काभ्रे, १२ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई प्रहरीले कारबाही थालेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले काभ्रेको विभिन्न स्थानबाट ५० वटा मोटरसाईकल, १ वटा बस र १ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्यालले जानकारी दिनुभयो ।

सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भनेर मंगलबार बिहान ६ बजेदेखि चैत १८सम्मका लागि मुलुकभर लकडाउन गरेको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.