दैलेखमा प्रहरीद्वारा १५ बेडको क्वारेनटाइन स्थापना

यामराज कटुवाल

दैलेख, १० चैत । जिल्ला प्रहरी कार्यालय दैलेखले १५ बेडको क्वारेन्टाइन स्थापना गरेको छ । जिल्लामा कोरनाको सम्भाबित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरि कार्यालयले क्वारेन्टाइन स्थापना गरेको हो ।

२४ घण्टा परिचालन हुनुपर्ने भएकोले स्थापना गरिएको क्वाराइनटाइनमा जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका प्रहरीहरुलाई र आवश्यक परेमा सर्वसाधरणको लागि क्वारेन्टईन उपलब्ध गराईने जिल्ला प्रहरि कार्यालयका प्रमुख हरि बहादुर वलीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राही र कर्मचारीको लागि कार्यालयमा प्रबेश गर्ने द्वारमा अनिवार्य हात धुनका लागि साबुन-पानीको ब्याबस्था पनि गरिएको छ । साथै सेवाग्राहीलाई सम्भावित जोखिमबाट सचेत रहन आग्रह गर्ने गरिएको डिएसपी वलीले बताए । जिल्लामा रहेका अन्य निकायसँग सहकार्य गरि मास्क र स्यानेटाइजरको पनि ब्यबस्था गर्न लागिएको उनले बताए ।

सशस्त्र प्रहरीले पनि २ वटा बेडको आइसाेलेसन/क्वारेन्टाइन तयार गरेको छ भने सचेतनाको लागि बोर्डहरु तयार गरेको छ । साथै हात धुनको लागि साबुन-पानीको ब्यबस्था गरिएको सशस्त्रका डिएसपीले जानकारी दिएका छन् ।

त्यस्तै नेपाली सेनाको ईन्द्रदल गुल्मले पनि सम्भावित कोराेना भाइरसको संक्रमणबाट बच्न विभिन्न निकायहरु संग सहकार्य गरी गतिबिधिहरु गरिरहेको छ । गुल्मभित्र आठ वटा आइसाेलेसन बेड तयार गरिएको सेनानी गणेशराज पन्तले जानकारी दिए । गुल्ममा पनि साबुन-पानीसहित हात धुने ब्यबस्था गरिएको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.