खरिपाटी क्वारेन्टाइनमा बस्ने नेपालीको संख्या ७१ पुग्याे, अवस्था सामान्य

रामगाेपाल तमखु

भक्तपुर, १० चैत्र । यहाँको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणकाे तालिम केन्द्रमा रहेको क्वारेन्टाइनमा बस्ने नेपालीको संख्या ७१ पुगेको छ ।

प्रतिबन्धित मुलुकबाट शनिबार नेपाल फर्किएका नेपालीहरु पहिलो चरणमा ६४ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुमध्ये ४८ जना थाई एरवेज हुँदै मलेसियाबाट, १६ जना दुबइ हुँदै ओमान एयरबाट नेपाल आएका हुन् ।

त्यस्तै शनिबार राति सिंगापुर हुँदै सिल्क एयरबाट दुई चरणमा आएका ६ जना नेपालीहरुलाई पनि खरिपाटी क्वारेन्टानमा राख्न ल्याएको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए ।

क्यारेन्टाइनमा रहेका सबैको आज स्वाब परीक्षणको लागि नमुना संकलन गरिने एसपी श्रेष्ठले जनाकारी दिएका छन् । क्वारेन्टाइनमा बसेका ७१ जनामा हालसम्म कोरोनाको कुनै प्रारम्भिक लक्षण देखा नपरेको र तापक्रम पनि सामान्य अवस्थामा रहेको एसपी प्रधानको भनाइ छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.