कर्मचारीलाई ६ महिनासम्म तलबसहित बि दा

एजेन्सी । न्युयोर्कमा कर्मचारीलाई निशुल्क कोरोना भाइरस परीक्षण तथा तलबसहित बिदा दिइने भएको छ । अमेरिकी राज्य न्युयोर्कमा कर्मचारीलाई तलबी बिदा दिनेबारे राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरिसकेको बताइएको छ ।

प्याकेजमा कोरोना प्रभावित अमेरिकन कर्मचारीलाई ३ महिनासम्म तलबी विदा र निःशुल्क कोरोना परीक्षण एवं उपचार गर्ने उल्लेख गरिएको छ । त्यस बाहेक कर्मचारी परिवार सदस्यको हेरचाह गर्नुपर्ने अवस्था आए थप तीन महिना तलबी विदा पाइने छ ।

न्युयोर्कमा हालसम्म २ हजार ३८२ जनामा कोरोना भाइरस देखिएको छ। विश्व स्वास्थ्य संगठनकाअनुसार बिहीबारसम्म अमेरिकामा ५ हजार ३५८ जना कोरोना संक्रमित भेटिएका छन्। ७५ जनाले ज्यान गुमाएका छन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.