मुलुकमा अ भाव छैन, का लोबजारी गर्नेको सूचना दिनुहोस्- पा ता कस्छौँ : मन्त्री भट्ट

काठमाडौं, ९ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरी बन्दोवस्त गरेको स्पष्ट पार्नुभएको छ ।

आइतबार राजधानीमा एक विशेष साक्षात्कारमा बोल्दै उहाँले आपूर्ति व्यवस्थापनका लागि सरकारले पूरै योजनाबद्ध ढंगले काम गरिरहेको स्पष्ट पार्नुभएको हो ।

मन्त्री भट्टले भन्नुभयो, ‘अहिलेको अवस्थामा तत्काल आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने एउटा तयारी छ, अर्को अलिक गम्भीर अवस्था आयो भने कसरी गर्ने र महामारी नै आयो भने कसरी गर्ने भन्ने पनि तयारी छ ।’

उहाँले बजारमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने मनोवृत्तिले उपभोक्ताले संचितीकरण गर्न थालेकोले केही समस्या उत्पन्न भएको पनि टिप्पणी गर्नुभयो । ‘कतिले चारदेखि ६ वटासम्म ग्यास सिलिण्डर राख्ने गरेका छन्, कतिले त दुईचार बोरा चामल राख्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा कतिपय व्यापारीले पनि मौकाको फाईदा उठाउनलाई कालोबजारी गर्न सक्छन् । हामीले मन्त्रालयको टिमलाई पूरै परिचालन गरेका छौं । कोही पनि कर्मचारी बिदामा नबसी फिल्डमा खटिनुभएको छ ।’

कालोबजारी र कृत्रिम अभाव गर्न खोज्नेहरुलाई ३ लाख जरिवाना र हदैसम्मको ५ वर्षसम्मको कैद सजाय गरिने उहाँले स्पष्ट पार्नुभयो । ‘बदमासी गर्न खोज्नेहरुलाई सबैले कारबाही गर्नुपर्छ । कालोबजारी गरेको पाइए सुचना दिनुहोस् । हामी कारबाही गर्छौं, पाता कस्छौँ’ उहाँले भन्नुभयो, ‘सबैको सहयोग भयो भने हामी आपूर्ति लगायतका समस्या समाधान गर्न सफल हुन्छौं ।’ उ
मन्त्री भट्टले अत्यावश्यक वस्तु नपाए वाणिज्य विभागमा सुचना दिनसमेत आग्रह गर्दै भन्नुभयो, ‘११३७ नं.मा फोन गर्नुहोस् । हामी व्यवस्थापन गर्छौं ।’ यस बीचमा कारबाही गरिएकाहरुबाट ६० देखि ७० लाख राजश्व उठेको सुनाउँदै गलत गर्नेहरुलाई कारबाही गरिएको उहाँको दाबी छ ।

अभाव हुँदैन

खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीको कुनै अभाव नहोस् र सहज तवरले आपूर्ति व्यवस्थापन होस् भनी आफ्नो नेतृत्वमा एक समिति समेत हिजो गठन भएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो समितिमा तीनवटै सुरक्षा निकायका प्रतिनिधि हुनुहुन्छ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि, चेम्बर अफ कमर्स, सिएआई, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि हुनुहुन्छ । हामी विशेष तयारीका साथ काम गरिरहेका छौं ।’

मन्त्री भट्टले भोलि त्यस्तो अवस्था आए संकटकाल नै घोषणा पनि हुनसक्ने बताउनुभयो । ‘सबै कुराको ख्याल गरेर हामीले तयारी गरिरहेका छौं,’ उहाँले कोरोनाबारे सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउँदै भन्नुभयो, ‘मिडियाले पोजिटिभ मेसेज दिईरहनुभएको छ । तर, सामाजिक सञ्जालमा कतिपयले नेगटिभ मेसेज पनि दिइरहेका छन् । त्यसलाई कन्ट्रोल गर्नुपर्छ ।’

भारतसँग कूटनीतिक पहल

भारतबाट ठूलो संख्यामा आवातजावत भएको प्रसंगमा यसबारेमा भारतसँग कुटनीतिक पहल गर्ने पनि उहाँले बताउनुभयो । ‘जो जुन मुलुकमा हुनुहुन्छ, त्यहीँ बसौं । देशलाई संकटबाट बचाउँ । यसबारेमा भएको कमजोरीको समिक्षा गर्नुपर्छ । हामी समिक्षा गर्छौं । भारतसँगको सीमा अझै व्यवस्थित् गर्छौं । त्यहाँ सुरक्षा जनशक्ति थप्ने कुरा भएको छ,’ मन्त्री भट्टले भन्नुभयो ।

‘गड्डाचौकी नाकाबाट ठूलो भीड आएको देखिन्छ । हाम्रो तयारी जुन थियो, त्यहाँ अलिक ठूलो भीड आयो । त्यसले समस्या पैदा गर्यो । त्यो भीडलाई नियन्त्रण गर्न नसकिएको कुरा पनि देखियो,’ उहाँले भन्नुभयो । भारतबाट ठूलो संख्यामा नेपाल आउने भीडालाई ध्यानमा राखेर आफूहरुले अब नेपाल आउन नदिन भारत सरकारलाई कुटनीतिक माध्यमबाट आग्रह गरिरहेको मन्त्री भट्टको दाबी छ ।

मास्क अहिले बाहिरबाट पनि आइरहेको र नेपालमा उत्पादन क्षमता पनि बढाएको सुनाउँदै उहाँले भन्नुभयो, ‘हाम्रो उत्पादन क्षमता कम छ । तर, माग बढी छ । हिजोको दिनमा २५ हजार खपत हुन्थ्यो,अ हिले अत्यधिक माग बढेको छ । डिमाण्डअनुसार प्रोडक्सन भएको छैन् । तर, अहिले हामीले क्षमताभन्दा बढि उत्पादन भैरहेको छ ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.