कोरोनावि रुद्ध सरकारले गरेका निवर्णयको पूर्ण पालना गर्न प्रचण्डकाे आ ह्वान

काठमाडाैँ, ९ चैत । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरसविरुद्ध सरकारले गरेका निर्णयको पूर्ण रुपमा कार्यान्वयन गर्न जनतालाई आह्वान गर्नुभएको छ ।

आज विज्ञप्ति जारी गर्दै नेकपा अध्यक्ष दाहालले कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यावहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न आग्रह गर्नुभएको हो ।

उहाँले महामारीका रुपमा देखिएकोे कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई समेत अपिल गर्नुभयो ।

यस्तै, अत्यावश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज तुल्याउन समेत सरकारलाई आग्रह गर्नुभएको छ । विज्ञप्तिमा राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्ने उल्लेख गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.