भारतले नमाने एकतर्फी रूपमा नेपालले नाका ब न्द गर्ने

काठमाडाैँ, ९ चैत । कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समितिमा एकतर्फी रुपमै भएपनि भारतीय सीमा नाका बन्द गर्नुपर्ने विषयमा छलफल भएको छ ।

शनिबार बसेको समितिको बैठकमा भारत गएका नेपालीका साथै भारतीय नागरिक समेत खुला नाकाकाे फाइदा उठाउँदै नेपाल आउने क्रम ह्वात्तै बढेपछि संक्रमण फैलन नदिन नाका बन्द गर्नु पर्ने आवाज उठेको हो ।

नेपालले सीमा नाका बन्द गर्न भारतसँग प्रस्ताव गरे पनि उसले अहिलेसम्म ठोस जवाफ दिएको छैन । बैठकमा मन्त्रीहरुले नै भारतसँग सीमा नाका बन्द नगर्दा खोजिम बढेको बताएका छन् ।

बैठकमा बहुसंख्यक मन्त्रीहरुले भारत सहमत भए सहमतिकै आधारमा र नभए एकतर्फी रुपमा भए पनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफूले भारतीय समकक्षी एस जयशंकरसँग कुराकानी गरेको तर अहिलेसम्म ठोस जवाफ नआएको जानकारी गराउनुभएकाे थियाे । तर मन्त्रीहरुले भने आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सम्वाद गर्नुपर्ने बताएका छन् ।

4 Comments

Leave a Reply

Your email address will not be published.