
काठमाडौं, ६ चैत । कोरोनाको संक्रमणको सजगता अपनाउँदै मनकामना केवलकार शनिबारदेखी बन्द गरिने भएको छ । मन्दिरदर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि सञ्चालनमा ल्याएको मनकामना केवलकार सेवा शनिबारदेखि बन्द हुने भएको हो ।
मनकामना दर्शन प्रालिले बिहीबार एक सूचना जारी गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ ।
कम्पनीका अनुसार कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पु¥याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो । अब मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ । कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने घटेका थिए ।
चितवनको इच्छाकामना–४ स्थित प्रवेशद्वार ९बटम स्टेशन० रहेको मनकामना केवलकारबाट दैनिक तीन हजार ५०० को सङ्ख्यामा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् ।