कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प

पोखरा, ०२ चैत । कास्कीको लुम्ले आसपासको सिमानामा केन्द्र विन्दु बनाएर ५ रेक्टरस्कलको भूकम्पको झ’ट्का महसुस गरिएको छ । खानी तथा भूगर्भ विभागको भूकम्प मापन केन्द्रका अनुसार राति ८:४५ बजे रेकर्ड गरिएको भूकम्पको केन्द्रविन्दु कास्कीको लुम्ले आसपास रहेको केन्द्रका प्राविधिक नविन विकले बताए ।

‘यो नयाँ भुकम्प हो, ‘विगतका भूकम्पको पराकम्पन होइन’- विकले भने । उनले भूकम्पको धक्का गण्डकी प्रदेश बाहेक काठमाडाैं आसपासका साथै विभिन्न जिल्लामा महसुस गरिएको जानकारी दिए । पोखरा र कास्की आसपासमा भूकम्पको धक्का महसुस भए को जनाइएको छ ।

२०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भूकम्पपछिको पराकम्पन नभएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नयाँ ठाउँमा भूकम्पको केन्द्रविन्दु मापन गरिएको बताए । भुकम्पको क्षतीका बारेमा जानकारी प्राप्त भएको छ । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण सडकमा निस्किएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.