मृ’त्युको मुखबाट बां चेर आएका उमेश १४ वर्षपछि श्रीमती र छोरा भेट्दा देखियो यस्तो दृ श्य !

काठमान्डौ : साउदी अरेबियामा मृ’त्युदण्डबाट जोगिएन स्वदेश फर्किएका धनुषाका उमेश यादवले झण्डै १४ वर्षपछि आफ्ना श्रीमती र छोराहरुलाई भेटेका छन्। स्वदेश फर्किएपछि जनकपुर विमानस्थलमा ओर्लिएका उमेशले श्रीमती र परिवार देख्दा आफूलाई स’म्हाल्न सकेनन्। श्रीमती सञ्जु उस्तै भा’वविह्वल बनिन्। छोराहरुको आँखामा समेत आँशु थामिएन।

१३ वर्ष बढी समय पर्खाइमा बिताएकी उमेशकी श्रीमती सञ्जु आफ्ना दुई छोराहरु कमलेश र हितेशसँगै जनकपुर विमानस्थलमा उनलाई पर्खिरहेका थिए । उनीसँगै उमेशका भतिजाहरु, जेठो साढु राजकरण यादव, सासू दुर्गीदेवी र आफन्तजन समेत उमेशको स्वा गतका लागि विमानस्थल पुगेका थिए। उमेश झर्नुअघि नै विमानस्थल पुगेकी श्रीमती सञ्जुले भनिन्, ‘श्रीमान् आइपुग्नुभयो, योभन्दा ठूलो केही छैन।’

अब श्रीमानसँगै बसेर छोराहरुलाई पढाउने उनको अबको योजना छ। उमेश १३ वर्षअघि अर्थात् सन् २००६ मा साउदी अरेबिया जाँदा छोरा हितेश १७ दिन को मात्रै थिए। जेठा छोरा कमलेश यादव चार वर्ष पुगेका थिए। उमेश विदेश गएपछि जेलमा परे । श्रीमती सञ्जु यादव माइत गइन्। उमेशको घर धनुषाको कमला नगरपालिका ५, पर्सामा हो। ससुरालीचाहिँ सिरहाको कर्जन्हा नगरपालिका ७, मरेवा टोल हो।

सञ्जु माइतमा ८ वर्ष बसिन्। छोराहरु दुवैलाई माइतमै लगिन् । सञ्जु त्यतिबेलाको अवस्था सम्झिन्छिन्, ‘सासूससुराले बस्छौ भने बस माइत जान्छौ भने जाऊ भने, त्यसपछि छोराहरु लिएर माइत गएँ।’ माइतमा ८ वर्ष बसेपछि छोराहरुलाई पढाउन समस्या भयो। त्यहाँबाट धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा आफ्नो भिनाजु राजकरण यादव थिए। उनी त्यहीँ बस्नथालिन्। मजदुरको काम गरिन्।

दुवै छोरालाई पढाउन थालिन्। अहिले जेठो छोरा १७ वर्ष र कान्छो १३ वर्षका छन्। कमलेश अहिले कक्षा ८ मा महेन्द्रनगरकै प्रगति शिशुसदन बोर्डिंग स्कुलमा पढ्छन्। हितेशचाहिँ सरस्वती बोर्डिंग स्कुलमा कक्षा ३ मा पढि रहेका छन्। सामाजिक अभियन्ता सरोज रायको पहलमा उनले अदालतबाट आ’ममाफी पाएपछि गत बुधबार उनी काठमाडौं अवतरण गरेका थिए। आज मात्रै उनी धनुषास्थित घर पुगेका हुन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.