तीन व र्षीय ‘जिनियस’ बा लकको अ साधारण आ इक्यू

एजेन्सी । बेलायतमा बस्ने मलेसियाका एक तीनवर्षीय बालक विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय उच्च आइक्यु सोसाइटी, मेन्सा युकेको अहिलेसम्मकै कान्छो सदस्य बन्न सफल भएका छन् ।

उनले साइकोलोजिस्टसँग लिइएको स्ट्यानफोर्ड–बाइनेट आइक्यु परीक्षामा १४२ स्कोर प्राप्त गरेपछि नै मेन्साका लागि आमन्त्रित गरिएको हो ।

बेलायती मेन्साको सदस्य बन्नका लागि उच्च आइक्यु स्कोर प्राप्त गरेका विश्वका केबल दुई प्रतिशत जनसङ्ख्यामध्येमा पनि शीर्षमा पर्नुपर्ने हुन्छ ।

यसकारण नै विश्वको सबैभन्दा पुरानो र ठूलो आइक्यू सोसाइटीमा सदस्यता हासिल गर्न एकदमै कठिन मानिन्छ ।

तर मुहम्मद हार्यज नदजिम नामक ती बालकले भने तीन वर्षको उमेरमै यसलाई सम्भव पारेर देखाएका हुन् ।

उनले ९९.७ औँ पर्सेन्टाइलमको स्थान हासिल गरेको उनकी आमा नुर आनिराले संचार माध्यम सीएनएनसँग बताएकी हुन् ।

केबल ०.३ प्रतिशत जनसङ्ख्याले मात्र स्ट्यानफोर्ड बाइनेट टेस्टमा त्यतिको स्कोर ल्याउन सकेको बताइएको छ जसमा अधिक बुद्धिमानी व्यक्तिको आइक्यु १३० भन्दा माथि हुने गर्दछ ।

यसबारेमा ब्रिटिश मेन्साका कार्यकारी प्रमुख जोन स्टेभेन्जले भनेका छन्, “पक्कै पनि ऊ एक अत्यन्तै उज्जवल बालक हो र हामी मेन्सामा उसलाई सहभागी गराउन पाएकामा अत्यन्तै खुसी छौँ ।”

यसरी मेन्साको सो आइक्यु १० वर्ष भन्दा मुनिका बालबालिकाहरुका लागि उपयुक्त किसिमले डिजाइन गरिएको हुन्छ ।

यसमा शैक्षिक मनोवैज्ञानिकहरुले गणित देखि रिडिङ, तार्किक प्रश्न र धेरै दिमाग लगाउनुपर्ने विषयहरु सहित स्मरण क्षमताको पनि जाँच गरि तिनको आइक्यु स्कोर निर्धारण गर्ने गर्दछन् ।

यसबीच इन्जिनियरका रुपमा रहेकी उनकी आमाले आफूलाई छोरा असाधारण भएकाबारे परिवारलाई पहिले देखि नै शंका रहेको बताएकी हुन् ।

उनका अनुसार नर्सरीमा पढ्न सुरु गर्दा नै आफूहरुलाई सबै शिक्षकले छोरामा असाधारण प्रतिभा रहेको र अरु बच्चा भन्दा धेरै गुणा बढी बुद्धिमानी रहेको बताउने गरेका थिए ।

यस्तोमा गणित र रिडिङ प्रोग्राम सञ्चालन गर्ने कुमोन आफ्टर–स्कुलले गत सेप्टेम्बर मात्र उनलाई दुवै विषयमा सबैभन्दा अड्भान्स्ड विद्यार्थीको सम्मान दिएको थियो ।

आमा नुरका अनुसार उनीहरुले घरमा माले र अङ्ग्रेजी दुवै भाषाको प्रयोग गर्ने गरेका छन् ।

छोरालाई ‘मिनी ब्रेनबक्स’ भनेर बोलाउने गरेपनि अन्य सबै रुपमा सामान्य बालक रहेको उनले बताइन् ।

उसले पढ्न र पेन्ट गर्न धेरै मनपराउने गरेको पनि उनी बताउँछिन् ।

उनले सीएनएनसँग भनेकी छन्, “हामी उसका लागि धेरै खुसी छौँ र गर्व गर्छौँ । पढाइमा मात्र नभएर कलामा पनि उसको विशेष रुची छ र अरु बालबालिका जसरी नै हाँसि खेलि समय बिताइरहेको छ । उसले भविष्यमा समाजका लागि धेरै कुरा गर्न सक्नेछ । ” सीएनएनबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.