समुद्रमा झ रे पछि विमान आधा डु ब्यो, बिमानमा रहेका शम्भु भन्छन्: ‘दोस्रो जी वन पाए जस्तो भयो’

बिबिसी : अमेरिकाको एउटा टापुबाट उडेको केही मिनेटमै नियन्त्रण बाहिर गएपछि आपत्‌’कालीन अवतरण गरेको एक यात्रुवाहक विमानमा रहेका एक नेपालीले बीबीसीसँग ‘त्रा’सदीपूर्ण’ घटनाको बयान गरेका छन् । सन् २००८ देखि अमे रिकामा बस्दै आएका नेपाली शम्भु आचार्य उक्त विमानमा सवार थिए।

सी फ्लाइट नाम गरेको कम्पनीले सञ्चालन गरेको विमानमा समस्या देखिए परेपछि समुद्रमा आप’त्‌कालीन अवतरण गर्नुपरेको भर्जिन आइल्याण्ड्स अनलाइनले जनाएको छ । स्थानीय अनलाइन भीकोन्सोर्टीयमले एक चालक सहित आठजना सवार विमानले बिहान ९ बजेर २९ मिनेटमा इमर्जेन्सी कल सेन्टरलाई सी फ्लाइट ३९४ एसएफबारे जानकारी गराएको लेखेको छ।

‘विमान आधा डुब्यो’ : सेन्ट टमसमा रहेको विमानस्थलबाट सेन्ट क्रोइका लागि यात्रुवाहक विमान चढेका आचार्यका अनुसार आपत्‌’कालीन अवतरण गर्दाको अवस्था त्रा’सदीपूर्ण थियो। विमानले उचाइ लिइ सकेको अवस्थामा एकाएक ग’ड बडी भएको महसुस भएको उनले बताए। आचार्यले विमानको इन्जिन फे’ल हुनसक्ने बताए पनि त्यसको पुष्टि भएको छैन।

आचार्य भन्छन्: “ठूलो आवाजका साथ विमान झ’र्न थाल्यो । पाइलटले इन्जिन ब’न्द गरेर विमानलाई नि’यन्त्रण गरे जस्तो लाग्यो ।” “समुद्रमा झरे पछि विमान आ’धा डुब्यो। र केही समयपछि पानीमा तैरिन थाल्यो ।” पाइलट अनुभवी भएका कारण आफू बाँच्न सफल भएको उनी बताँउछन्। आफूलाई पौडी खेल्न नआउने भएकाले आचार्यले आफू लाइफ ज्याकेट लगाएर बसेको बताए। “विमान झ’र्दै गर्दा यति नै रहेछ भन्ने महसुस भयो।

छोराछोरी सम्झेँ। भगवान् सम्झेँ” घ’टना सम्झँदै उनले भने। “बाँचेपछि भने दोस्रो जीवन पाए जस्तो महसुस भयो।” पानीमा विमान ढलमल गरिरहेको र आफूलाई डर लागिरहेको उनी बताउँछन्। “समुद्रमा ठूलो छा’ल थियो। त्यसकारण पनि हामी यात्रु निकै आत्ति यौँ।” आचार्यका अनुसार त्यसको करिब २० मिनेटपछि उ’द्धार टोली आइपुग्यो। चारवटा डुङ्गामा सबै यात्रुलाई उ’द्धार टोलीले सुरक्षित फर्काएको उनले बताए।

को हुन आचार्य ? पेन्सीलभानीयामा बस्दै आएका आचार्य काठमाण्डू, सङ्खमुलका बासिन्दा हुन्। पुर्ख्यौली घर भने झापाको दमकमा रहेको उनले बताए । उनको कम्पनीले केएफसी र बर्गर किङ्ग जस्ता कम्पनीहरूको फ्यानचाइज लिएको र सेन्ट टमसका साथै विभिन्न स्थानमा शाखा चलाइरहेको ५० वर्षीय आचार्यले बीबीसीलाई बताए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.