म ध्यरातमा सु कुम्बासीलाई सम्झँदै बाबुरामको गा ली सरकारलाई

काठमाडौं, ११ माघ । शुक्रबार राति पौने १२ बजेतिर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । स्टाटसमा उनले जाडोमा सुकुम्बासीको कष्टकर जीवन सम्झिए र सरकारमा बहुमतसहित विराजमान कमरेडहरुको सरकार सम्झिए ।

आक्रोशमा उनले सर्वहारा वर्गको प्रतिनिधि बताउने नेकपालाई तिमीहरु सर्वहारा हौ कि सर्व-आहारा हौ भन्दै प्रश्न पनि गरे ।

‘आफुलाई सर्वहारा (कि सर्व-आहारा?) वर्गको पार्टी भन्नेहरूको भीषण बहुमतको सरकार भएको बेला काठमाण्डौका नदी किनारमा नारकीय जीवन बिताइरहेका सुकुम्बासीहरूलाई उचित बसोबासको व्यवस्था गर्नु त परै जाओस् मेरो पालामा सुकुम्बासीको लागि बालाजु इचंगुनारायणमा बनाएको सुरक्षित आवासमा सार्न समेत किन नसकेको होला ?,’ उनले प्रश्न गरे ।

नेताहरुले किन लाज नमानेको होला भन्ने उनको प्रश्न थियो । ‘केही त लाजशरम गर महलमा विराजमान कणहरू,’ उनले आफ्नै शैलीमा लेखे ।

बालाजुको सिद्धार्थ वनस्थली स्कुलबाट खरीबोटतिर साढे दुई किलोमिटर दूरीमा भट्टराई प्रधानमन्त्री हुँदा निर्माण गरिएको सुकुम्बासीका लागि अपार्टमेन्टहरु । दुईवटै कम्पाउन्डभित्र पहेँलो रङका चार–चारवटा भवन अहिले प्रयोग विहिन छ । प्रत्येक घर पाँचतलाको छ । ०७१ सालमा निर्माण सम्पन्न भए पनि यो अहिलेसम्म प्रयोगविहिन छ ।

यी भवन काठमाडौं उपत्यकाभित्रका नदी किनारमा र विशेषगरी थापाथलीस्थित वाग्मती किनारामा बस्दै आएका सुकुम्बासीलाई राख्न बनाइएपछि त्यसपछिका सरकारले सुकुम्बासीलाई त्यहाँ सार्न कुनै रुचि देखाएको छैन ।
शहरी विकास योजनामा स्नातकोत्तर र विद्यावारिधि गरेका तत्कालीन प्रधानमन्त्री भट्टराईले २०६८ सालमा यो परियोजना सुरु गरेका थिए ।

भट्टराईका आलोचकहरुले उनलाई सुकुम्बासी बस्तीमा डोजर लगाएको भनेर अहिलेसम्म भाषण गरिरहन्छन्, तर सुकुम्बासीका लागि उनले निर्माण गरेको अपार्टमेन्टमा भने ८/९ वर्षसम्म पनि त्यसपछिका सरकारहरुले सुकुम्बासीहरुलाई सार्न सकिरहेका छैनन् ।-साझापोष्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.