काठमाडाैं,माघ ११ । सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ परेका छन् । केसीलाई उपभोक्ता समितिसँग लिएको आठ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतको टोलीले शुक्रबार वीरेन्द्रनगर–७ कटकुवाबाट पक्राउ गरेको हो । अध्यक्ष केसीसँगै गाउँपालिका उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेत पनि पक्राउ परेका छन् ।
प्रदेश विकास परिषद्को बैठकमा सहभागी हुन वीरेन्द्रनगर आएका केसी बैठक नै छाडेर उपभोक्ता समितिका सदस्यसँग घुस लिन कटकुवा पुगेका थिए । यो सूचना पाएपछि अख्तियारको टोली पनि पछिपछि लागेको थियो । अख्तियारको टोली पुग्दा केसी र बस्नेतले उपभोक्ता समितिका सदस्यसँग आठ लाख घुस लिइसकेका थिए ।
उपभोक्ता समितिका पदाधिकारीकै सहयोगमा गाउँपालिका अध्यक्ष केसी र उपाध्यक्षका श्रीमान् बस्नेतलाई दिउँसो २ बजे कटकुवा हेल्थपोस्टनजिकै पक्राउ गरिएको अख्तियार सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले बताए । ‘घुसबापतको रकम लिइसकेपछि उनीहरूलाई पक्राउ गरिएको हो,’ प्रवक्ता सापकोटाले नयाँ पत्रिकासँग भने ।
उनीहरूले जुनिचाँदे–५ का विभिन्न उपभोक्ता समितिमार्फत भएको कामको बिल पास गराउन घुस लिने गरेका थिए । काम गरेको बिल पेस गर्दा भुक्तानीका लागि घुस माग्ने गरेको उजुरी आएको अख्तियार कार्यालय सुर्खेतका प्रमुख शेषनारायण पौडेलले बताए ।
उनीहरूलाई अख्तियारले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ । ‘घुससहित नियन्त्रणमा लिएका दुवैलाई हिरासतमा लिएर थप अनुसन्धान थालिएको छ,’ पौडेलले भने । नयाँ पत्रिकामा खबर छ ।
buy viagra online canada viagra over the counter walmart
buy generic 100mg viagra online
cheap ed pills in mexico buy ed drugs
cheap ed pills in mexico
buy ed drugs how to cure ed
cheap ed pills usa
cheap ed pills in mexico ed pills online
buy ed pills from canada