काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले एमसिसीमा भएका प्रावधानहरु संशोधन हुनुपर्नेमा बताएका छन् । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुईदिने सुरक्षा गोष्ठीमा सहभागी हुन आज सुर्खेत पुगेका गृहमन्त्री थापाले पार्टी नेता तथा कार्य कर्तासँगको भेटघाटमा नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने देखिए एमसिसी मान्य नहुने बताए ।
“एमसिसी परियोजना अन्तर्गत अमेरिका बाट नेपालमा लगानी हुने रु ५५ अर्ब बजेटमा नेपालको पनि रु १३ अर्ब लगानी हुन्छ”, उनले भने “तर पनि कर्मचारी राख्नेदेखि लेखा परीक्षण लगायत विभिन्न प्रावधानहरुमा अमेरिकाको निर्णय मान्नुपर्ने बाध्यता जस्ता कुराहरु संशोधन हुनुपर्छ ।” अमेरिकी राजदूतावासले एमसिसीमा हिन्द प्रशान्त रणनीति नरहेको विज्ञप्तिमार्फत जानकारी गराइसकेको उनले बताए ।
गृहमन्त्री थापाले एमसिसीबारे नेकपाको स्थायी समितिमा छलफल भएर हिन्दप्रशान्त रणनीति एमसिसीमा समेटिए सो सम्झौतामा सहभागी नहुने र त्यसको कार्यान्वयन नगर्ने भन्ने भएको जानकारी दिए। गृहमन्त्री थापाले चीनले पनि नेपालको पूर्वाधार, जलविद्युत्, राज मार्ग, सञ्चारलगायत क्षेत्रमा लगानी गर्न बिआरआईमार्फत रु ६० अर्ब बजेट लगानी गर्ने भएको उल्लेख गर्दै लिम्पियाधुराको समस्या समाधान गर्नका लागि सरकारको भारतसँग कूटनीतिक प्रयास भइरहेको बताए । रासस
generic viagra walmart viagra online usa
viagra cost
prescription drugs without doctor approval cheap ed pills from canada
cheap ed pills from canada
buy ed pills from canada ed pills without a doctor prescription
ed pills without a doctor prescription
cheap ed pills from canada cheap ed pills from canada
buy ed pills