काठमाडौं: काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर– ११ खरेलथोक निवासी ६८ वर्षीय वृद्ध गोपालप्रसाद खरेल बिहीवार एक थान थोत्रो बैशाखी टेकेर नगरपालिकाको कार्यालयमा छिरे। सरकारले दिएको अपां’गता परिचय पत्र नवीकरणका लागि पुगेका थिए, उनी । अ’पांगता परिचय पत्र वितरण सम्बन्धी निर्देशिका संशोधन भएपछि खरेलको अपांगता परिचय पत्र (ख) बाट (ग) वर्गमा झरेको छ ।
त्यही विषयमा गुनासो गर्न र आफ्ना अन्य केही गुनासा सुनाउन उनी नगर प्रमुख महेश खरेलको कार्यकक्षमा छिरे। हातमा २ बैशाखी, खरानी रंगको दौरा, निलो कोठे गलबन्धी र शीरमा ऊनको टोपी, यस्तै थियो उनको हुलिया। भित्र पुगेर ती वृद्धले आफ्नो दु:ख बिसाए । मेयर खरेलले वृद्धको गुनासो धैर्यतापूर्वक सुने । जवाफमा उनले अपांगता परिचय पत्रसम्बन्धी त्यस किसिमको गुनासो आफूहरूले सरकारलाई लेखेर पठाइसकेको बताए ।
त्यसपछि जे भयो त्यो भने न ती वृद्धले सोचेका थिए, न त्यहाँ उपस्थित नगरपालिकाका कर्मचारीले नै । उनले आफूले लगाइरहेको कोट फुकालेर ती वृद्धलाई लगाइदिए । ‘कोट नै फुकालेर दिनुहोला भन्ने त सोच्या थिएनौं,’ पाँचखाल नगर पालिकाको कार्यालयमा कार्यरत अधिकृत रमेश बञ्जाराले भने, ‘ल बुवा तपाईंको कोट पुरानो पनि भएको रहेछ, यो लगाउनुस् ।
अरू समस्या पनि म हेरौंला, चिन्ता नलिनुस्, भन्नुभयो।’ मेयर खरेलले ती वृद्धले खानेपानी आयोजनाका लागि सहकारीबाट लिएको १८ हजार ऋण र तिर्न बाँकी ८ सय रुपैयाँ ब्याज पनि तिरिदिने वचन दिएका छन। एडीबीको लगानीमा बनेको खानेपानी परियोजना मा स्थानीय उपभोक्ताले पनि ५ प्रतिशत योगदान गर्नुपर्ने थियो । सोही प्रयोजनका लागि ऋण दिएका थिए, गोपाल प्रसादले । लोकान्तरमा खबर छ ।
order viagra online cheap viagra online
best place to buy generic viagra online
best pharmacy online ed pills without a doctor prescription
ed pills without a doctor prescription