काठमाडौं : राष्ट्रियसभा सदस्यको निर्वाचनमा सबै प्रदेशमा नेकपा गठबन्धन विजयी भएको छ। प्रदेश -२ मा भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच गठबन्धन भएको थियो। बिहीबार १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राजपाका २ उम्मेदवार निर्वाचित भएका हुन्।
सातै प्रदेशबाट प्रतिनिधित्व हुने महिला समूहतर्फ ७, दलिततर्फ २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ २ र अन्यतर्फ ७ गरी १८ रिक्त पदमा मतादान भएको हो। निर्वाचनमा विपक्षी कांग्रेसले ७ वटै सिट गुमाएको छ।
निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ। राष्ट्रियसभा सदस्यको १८ पदका लागि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान भएको थियो। निर्वाचनका लागि सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो।
कुन प्रदेशमा को विजयी
प्रदेश १
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट तीनै पदमा नेकपाका उम्मेदवार विजयी भएका छन्। सत्तारुढ नेकपाका तर्फबाट उम्मेदवार बनेका गोपीबहादुर सार्की (अछामी), इन्दु गौतम र देवेन्द्र दाहाल विजयी बनेका हुन्।
बिहीबार भएको निर्वाचनमा नेकपाका दलिततर्फ गोपीबहादुर सार्की अछामी (६३३०), महिलातर्फ इन्दिरा गौतम (६४२६) र खुल्लातर्फ देवेन्द्र दाहालले (६२३४) मतभार ल्याएर विजय भएका हुन्। नेपाली कांग्रेसका दलिततर्फ नीरबहादुर विश्वकर्मा (२७१८), महिलातर्फ मीना पुलामी मगर (२६२२) र खुल्लातर्फ राजेन्द्र घिमिरेले (२७६६) ल्याएका छन्। संघीय समाजवादीले दलिततर्फ ज्ञानबहादुर परियार (२६४), महिलातर्फ कमला बडही (२६४) र खुल्लातर्फ भरत दाहालले (२६४) मत ल्याएका हुन्।
प्रदेश सांसद र स्थानीय तहका प्रमुख / उपप्रमुखका लागि अलग-अलग मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचनमा प्रदेश सांसदको एक मत बदर भएको निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। प्रदेश नम्बर १ मा ९३ जना प्रदेश सांसदका रहेकामा १ सय ९२ जनाले मतदान गरे। स्थानीय तहतर्फ २ सय ७४ जना मतदाता मध्ये २ सय ७२ जनाले मतदान गरेको थिए।
प्रदेश २
प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा-राजपा प्यानल विजयी भएको छ। निर्वाचनमा नेकपा-राजपाकी संयुक्त महिला उम्मेदवार तुलसा दाहालले ५६८ मतान्तरले विजयी भएकी हुन्। नेकपाकी दाहालले कूल पाँच हजार २०८ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नगिना यादवले चार हजार ६४० मत प्राप्त गरी पराजित भएकी हुन्।
नेकपा-राजपा नेपालको दलिततर्फको उम्मेदवार राधेश्याम पासवानले ५८८ मतान्तरले विजयी भएका छन्। नेकपाका पासमानले पाँच हजार २९२ मतभार ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी समाजवादीका रामप्रित पासमान चार हजार ७०४ मत प्राप्त गरेका थिए।
यसैगरी नेकपा-राजपा नेपालको संयुक्त उम्मेदवार मृगेन्द्रसिंह यादव ८८८ मतान्तरले विजयी भएका छन्। राजपा नेपालका उम्मेदवार यादवले पाँच हजार ४०० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी समाजवादी पार्टीका अनिरुद्धप्रसाद सिंह यादवले चार हजार ५१२ मत प्राप्त गरे।
यसैगरी अल्पसंख्यक तथा अपाङ्ग समूहबाट राजपा नेपालका शेखरप्रसाद सिंह विजयी भएका छन्। सिंह ९९० मतान्तरले विजयी भएका हुन्। राजपा नेपालका उम्मेदवार सिंहले पाँच हजार ५०२ मत ल्यायी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भोला पजियारले चार हजार ५१२ मत ल्याए।
बागमतीमा बेदुराम
राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बेदुराम भुसाल र महिलामा गंगाकुमारी बेलबासे निर्वाचित भएका छन्। भुसाल ६ हजार ८ सय १० मत ल्याएर विजयी भए भने बेलबासेले ६ हजार ८ सय २८ मत ल्याएर विजयी भएकी छन्।
भुसाल कांग्रेसका हरिशरण श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङलाई पराजित गर्दै विजयी भएका हुन्। बेलबासेले कांग्रेसकी छलीकुमारी शर्मा उपाध्याय र नेमकीपाकी गीता काफ्लेलाई पराजित गर्दै विजयी भएकी हुन्।
गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी
राष्ट्रियसभा सदस्यकोलागि बिहीबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार नरायणकाजी श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई पराजित गरेका हुन्। राष्ट्रियसभा सदस्यको महिला समूहकोलागि भएको निर्वाचनमा नेकपाकी भगवती न्यौपाने विजयी भएकी छन्। उनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी विमला गौतमलाई पराजित गर्दै विजयी भएकी हुन्।
प्रदेश ५ बाट नेकपाका तीनजना विजयी
राष्ट्रियसभा सदस्यको लागि भएको निर्वाचनमा प्रदेश नम्बर पाँचबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तीनै जना उम्मेदवार विजयी भएका छन्। दाङको घोराहीमा भएको निर्वाचनमा नेकपाका उम्मेदवार अपाङ्गतातर्फबाट दाङका जगप्रसाद शर्मा, महिलातर्फ कपिलवस्तुका विमला घिमिरे र खुल्लाबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका हुन्।
शर्माले ५ हजार ४२४ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्दी कांग्रेसका मेहराज अहमत हलवाइले १ हजार ९८६, समाजवादी पार्टीका सुनिलकुमार सिंघम्ले ४२० मत प्राप्त गरेका थिए। ८ जनप्रतिनिधिको मत बदर भएको छ।
महिलातर्फ घिमिरेले ५ हजार सात सय ७८ मतसहित विजयी भएको मूख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। घिमिरेले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गिरिजादेवी न्यौपानेलाई हराएकी हुन्। न्यौपानेले २ हजार १ सय प्राप्त गरेकी छन् भने ६ मत बदर भएको छ।
त्यसैगरी खुल्लातर्फ गोपाल भट्टराइले ५ हजार ३८२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका बालकृष्ण पाण्डेले २ हजार ५२, समाजवादी पार्टीका कृष्णप्रसाद अहिरले ४४४ मत र जनमोर्चाका शिवप्रसाद पौडैलले १५६ मत प्राप्त गरे। ३०३ मत खसेकोका ६ मत बदर भएको छ भने एक जनाले मतपत्र नै लुकाएका छन्।
कर्णाली प्रदेशबाट नेकपाका मायाप्रसाद र सुमित्रा विजयी
कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन्। रिक्त दुई जना सदस्यका लागि भएको निर्वाचनमा नेकपाका मायाप्रसाद शर्माले तीन हजार ६ सय १८ र सुमित्रा विसीले तीन हजार ६ सय ८४ मत प्राप्त गर्दै विजयी भएका हुन्।सार्वजनिक मत परिणामअनुसार प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले समान एक हजार २६ मत प्राप्त गरेका छन्। नेकपाका उम्मेदवारले पाएको कुल मतमध्ये मायाप्रसाद शर्माले पाएको दुई मत बदर भएको छ।
निर्वाचनका लागि नेकपा र नेपाली कांग्रेसबाट चार जनाको उम्मेदवारी परेको थियो। निर्वाचनमा ९८.४८ प्रतिशत मत खसेको थियो। एक सय ९८ जना कुल मतदातामध्ये एक सय ९५ जनाले मतदान गरेका थिए।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन्। खुलातर्फ नेकपाका तारामान स्वाँर र महिलातर्फ शारदा भट्ट विजयी भएकी हुन्।
शारदा ३ हजार ७ सय ३८ मत प्राप्त गरेर विजयी भएकी हुन्। नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटाले १ हजार आठ सय ५४ मत प्राप्त गरिन्। कांग्रेस उम्मेदवार देवकोटा भन्दा नेकपा उम्मेदवार भट्टले १ हजार ८ सय ८४ मतले पछि पार्दै विजयी भएकी हुन्।
स्वाँरले तीन हजार ७ सय २० मत प्राप्त गरेका हुन्। उनका प्रतिद्वन्द्वी प्रताप ठगुन्नाले एक हजार आठ सय ४२ मत प्राप्त गरे। कांग्रेस उम्मेदवार ठगुन्ना भन्दा स्वाँरले १ एक हजार ८ सय ७२ ठिक दोब्बर मतले विजयी प्राप्त गरे।-अन्नपूर्ण पोष्ट
buy tadalafil online overnight shipping – tadalafil generic online tadalafil generic online
finasteride 5mg – propecia blind date nebenwirkungen propecia
Muchas gracias. ?Como puedo iniciar sesion?
finasteride for men – http://propechl.com/ finasteride dosage for hair loss
cheap tadalafil – http://xtadalafilp.com/ buy tadalafil online cheap
Wosled – order provigil Bdoipl oimidl
Tbxwrs – acheter cialis sans ordonnance Ojdter nfeecu
Vujpmf – furosempi.com Cstrmj hifvbz