हामीलाई किन सबै उमेरका सा थी चाहिन्छ ?

एजेन्सी । आफूलाई एउटा सिङ्गो उमेर समुहको मित्रतामा सिमित राख्नु भनेको तीन स्कुप आइसक्रिम खाँदा सबै एउटै फ्लेबरको अर्डर गर्नु जस्तै हो । तर पनि पछिल्लो समय हाम्रो समाज उमेर समुहले विभाजित भइरहेको प्रशस्त उदाहरण देख्न सकिन्छ ।

परम्परागत एवम् सांस्कृतिक मूल्य मान्यता अनि प्राविधिक अन्तरका कारण पनि मानिसहरु एउटै उमेर समूहसँगको सम्बन्धमा बाँधिएका छन् ।

तर वास्तवमा व्यक्तिगत विकासका साथै जीवनका धेरै पक्षमा हामीलाई सबै उमेर समुहको मित्रता आवश्यक पर्छ जसले हामीलाई जीवनबारे धेरै कुरा सिकाउन सक्छ ।

जस्तै ७० वर्ष माथि उमेर समुहका मानिसलाई शान्त पीढीका रुपमा लिइन्छ ।

उनीहरुको बाल्यकाल धेरै कठिन रह्यो भने उनीहरुले दोस्रो विश्व युद्धका दुःखद् दिनहरुको सामना पनि गर्नुपरेको थियो ।

त्यसैले यिनीहरुले हामीलाई जीवनबारे सबैभन्दा उपयुक्त सुझाव दिन सक्छन् । उनीहरुको अनुभव दुनियाँको कुनै किताबसँग तुलना गर्न सकिँदैन ।

यसपछिको अर्को उमेर समुह भनेको १९४६ देखि १९६४ का बीचमा जन्मिएका पीढी हुन् जो तुलनात्मक रुपमा धनी र सम्पन्नशाली मानिन्छन् ।

त्यस्तै उनीहरु पुराना संस्कृति मान्दै नयाँलाई पनि अपनाउने मौका पाएका समुहमा पर्दछन् । यसैले हामीले चिनेका ऐतिहासिक पात्रलाई उनीहरुले प्रत्यक्ष देखेसुनेका हुन्छन् ।

जस्तै हामीले अहिले सम्झने वा मनपर्ने पुराना गायक, अभिनेता लगायतका व्यक्तित्वबारे उनीहरु सबैभन्दा बढी जानकार हुन्छन् ।

त्यस्तै यी उमेरका मानिसहरु रिटायर हुने क्रममा हुन्छन् जसका छोराछोरी, नातिनातिनी पनि किशोरावस्था पार गरिसकेका हुन्छन् ।

यस्तोमा उनीहरुसँग जीवनबारे तर्क गर्नुले हामीलाई अलगै संसारसँग परिचित गराउन सक्छ । त्यस्तै व्यापार व्यवसायबारे पनि यिनीहरुबाट राम्रो सुझाव लिन सकिन्छ ।

यसपछि आउँछन् ४० देखि ४५ वर्ष उमेर समुहका, जसको बाल्यकाल पनि दबाबमा बितेको थियो ।

त्यसैले यिनीहरुले धेरैहदसम्म हाम्रो भावना बुझ्न सक्छन् भने कतिपय अवस्थामा प्रेरणा पनि साबित हुन सक्छन् ।

यिनीहरुसँग समय बिताउन सहज र रमाइलो हुन्छ । यसपछिको अर्को समुह भनेको नोकिया फोनको पीढी हो जसको पालामा सबैभन्दा तिव्र प्राविधिक विकास भयो ।

यिनीहरु अफलाइन र अनलाइन जीवनबीच बाँचेका पीढी हुन् ।

उनीहरुसँग याद गर्न लायक धेरै क्षणहरु छन् । उनीहरुले कम समयमै असफलता र सफलता दुवैको सामना गरिसकेका छन् ।

र उनीहरु नयाँ क्रियाकलापमा पनि रुची राख्छन् भने पुराना ट्रेन्डबारे पनि उत्तिकै जानकार हुन्छन् ।

अहिलेको पीढी, जसलाई ‘जेनेरेसन जी’ पनि भनिन्छ यिनीहरु भने सबैभन्दा रचनात्मक क्षमता भएका समूह हुन् ।

यिनीहरुको प्राविधिक क्षमता पनि आश्चर्यजनक हुन्छ । यिनीहरु सामाजिक संजालमा विशेष सक्रिय रहन्छन् जसले आधुनिकताको प्रतिनिधित्व गर्दछन् ।

उनीहरु प्रायः मोबाइलमा व्यस्त देखिए पनि यिनको ह्युमर र ज्ञान अनि शीपलाई नकार्न सकिँदैन ।

उनीहरु वातावरणदेखि सबै क्षेत्रमा जागरुक र शिक्षत छन् । त्यसैले यी उमेरका साथीले पक्कै पनि हाम्रो समय रोचक र फलदायी बनाइदिन सक्छन् । द गार्जियन

Be the first to comment

Leave a Reply

Your email address will not be published.