खाेटाङमा ब्रेक फेल भएर भिरबाट झर्यो बस

इटटहरी । खोटाङको दिक्तेलबाट पूर्वी झापाका लागि छुटेको एक यात्रुबाहक बस बुधबार बिहान दुर्घटनामा परेकाे छ । दिक्तेलबाट काकडभिट्टा आउँदै गरेको दोर्पा डिलक्स बस बिजुलेमा दुर्घटना भएको हो प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

जम्मा १५ जना यात्रु लिएर गुडेकाे बस बिजुले आइनपुग्दै ट्रनिङमा ब्रेक फेल भएर भिरबाट झरेकाे प्रत्यक्षदर्शि स्थानीयहरूले बताएका छन । दुर्घटनामा १५ जना घाइते भएका छन भने ७ जनाकाे अवस्था गम्भिर रहेकाे प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.