असा’वधानीले ज्या’न गयो, न बाबुआमा रहे न छोराछोरी !

हेटौँडा, ७ माघ । मकवानपुरको उत्तरी क्षेत्र दामन पर्यटकीय नगरी हो । समुद्र सतहबाट २४०० सय मिटरमा हाइटमा भएकाले यो ठाउँमा यतिबेला हिउँ पर्छ ।

हिउँसँग रमाउन स्वदेशी तथा विदेशी पर्यटक यतिबेला दामन जान लस्कर लाइरहेका छन् । मकवानपुरको थाहा नगरपालिकामा पर्ने दामनमा विगत एक सातादेखि राम्रोसँग घाम लागेको छै । मुटु कमाउने चिसो ह्वात्तै बढेको छ । तुसारोले ढम्म ढाकिएको थियो । तर पनि दामनमा हिउँ खेल्नको लागि धेरै पर्यटकहरु गइरहेका छन् । त्यही भीडमा भारतको केरलाबाट आएका १५ जनाको परिवार पनि दामन पुग्यो ।

केरलाबाट आएका भारतीय पर्यटक काठमाडौं र त्यहाँबाट पोखरा घुम्दै दामनमा हिउँ खेल्न पुग्यो । पोखराबाट बस रिजर्भ गरेर रमाउँदै–रमाउँदै, सोमबार बेलुका ९ बजे उनीहरु दामनको एभरेष्ट रिसोर्ट पानोरमामा बास बस्न पुगे ।

ढम्म कुहिरो थियो । चिसो अत्यधिक । जाडोले हातगोडा थरथर भएका थिए । साना बालबालिकासहित आफन्त मिलेर गएका भारतीय पर्यटक १५ जना सोही होटल पानोरमामा बस्ने निधो गरे ।

‘हामीलाई चार वटा कोठा चाहिन्छ, होटलमा खाली छ ?’, कति जना हुनुहुन्छ ? होटलका कर्मचारी बोले । – हामी बालबालिकासहित १५ जना छौँ ।, ‘चार वटा खाली छ, तयारी हुनूस्’ कर्मचारीले भने ।

११, १२, १३ र १४ नम्बर कोठा होटलका कर्मचारीले देखाए । सोही कोठा उनीहरुले रोजे र बस्ने निर्णय गरे ।
१३ र १४ नम्बर बुक गरेकाहरू पहिला खाना खाएर सुत्न गएका थिए।दुई परिवारका सदस्य ११ र १२ नम्बर रूममा बस्ने निधो थियो।
११ र १२ नम्बर रूममा दुई पुरूष, दुई महिला, दुई बालक र दुई बालिका बस्ने टुंगो भयो । अन्य सात जना १३ र १४ नम्बर कोठामा गए।

११ र १२ नम्बरको कोठामा चिसो बढेको अनुभूति उनीहरुलाई भयो । ‘बालबच्चा छन् कोठा तात्न सकेन’ होटलका कर्मचारीलाई भने ।, ‘के गर्ने त ?’ होटलका कर्मचारीले भने ?, आठै जना ११ नम्बर कोठामा बसे तातो आउँछ कि !, त्यही सल्लाह गरेर १२ नम्बर कोठालाई छोडेर ८ जना एउटै कोठा ११ नं मा बसे ।

‘ओछ्यान तातेन, एकै ठाउँमा सुत्दा पनि ?’ फेरि होटलका कर्मचारीलाई उनीहरुले गुहारे, ‘बच्चालाई चिसो लाग्छ, के गर्ने ?’
१३ र १४ मा रहेका ‘इलेक्ट्रिक बेड’ तात्यो भन्दै सात जना गएर सुते । निदाए पनि ।, यता ११ नम्बरमा ८ जना सुतेका दुई परिवारका सदस्यले कोठा तातेन भन्दै हिटर माग्न थाले ।

‘इलेक्ट्रिक बेड’ त यता पनि थियो । होटलका कर्मचारीले हिटर दिन आनाकानी गरेका थिए । तर उनीहरुले ज बर्ज स्ती गर्दै हिटर लिएर गए ।

दामन प्रहरीका अनुसार कोठा बुक गरेर खानपिन गरी सुत्न गएका दुई परिवारका सदस्य कोठामा बे होस् भए । उनीहरु बे होस् भएको बिहान मात्र थाहा भयो ।

होटलका कर्मचारीका अनुसार कोठाका झ्यालढोका सबै बन्द गरेर हिटर बालेका आठै जना एउटै कोठाका दुई बेडमा सुतेका थिए ।
‘हामीले दुई बजेसम्म गेस्टलाई सर्भिस दिएर सुत्न गयौं, बिहान उठेर चिया लैजाँदा कोठा नै खुलेन’ होटलका कर्मचारीले भने, ‘१३ र १४ नम्बर कोठाका पर्यटक आएर जोडले ढोका धकेल्दा भित्र आठै जना बे,होस थिए।’
,
होटलमा बे,होस भएको खबर आउन साथ सबैलाई हामीले काठमाडौँबाट हेलिकप्टर मगाएर उपचारको लागि पठाइयो’ मकवानपुर प्रहरी प्रमुख सुशीलसिंह राठौरले भने । झ्यालढोका थुनेको कोठामा हिटर बालेर सुतेका उनीहरू नि सा स्सि एर बे,होस भएका उनी बताउँछन् ।

दुई पटक गरेर काठमाडौंको ह्याम्स अस्पतालमा पठाइएको आठै जनाको मृत्यु भइसकेको छ । उनीहरुको शव पोष्टमार्टमको लागि टिचिङ अस्पतालमा लगिएको छ ।

मृत्यु हुने सबै केरलाका छन्। मृत्य हुनेहरु दुई परिवारका नाता पर्नेहरु थिए । मृत्यु हुने एकै परिवार र नाताभित्रका रहेको प्रहरीको भनाइ छ ।
मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया इन्द्र कप, ३७ वर्षीय प्रवीण कप, ३२ वर्षीया सरिया कप, ५ वर्षीय अभि कप, ७ वर्षीया अर्चना कप, ५ वर्षीय वैशनव कप र ९ वर्षीया बन्द्रा कप रहेका छन्।

दामन घुमेर काठमाडौं हुँदै भारत फर्किने योजना बनाएका उनीहरूका न बाबुआमा रहे, न त छोराछोरी ! घुम्न सँगै आएका अन्य सात जना शोकको भकारी बोकेर ८ जनाको शव लिएर केरला फर्कदै छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.