नि यम वि परित क्र सर उद्योग : सिडियोले रो के, मेयरले खुलाए

बेंसीसहर : बेंसीशहर नगरपालिका–१ उदीपुरामा मापदण्ड विपरीत सञ्चालन भएका २ क्रसर उद्योग प्रशासनले रोक्न पत्राचार गरेको छ । मापदण्ड पूरा नगरेका उद्योगलाई बन्द गर्न पत्राचार गरिए पनि उद्योग सञ्चालकले भने अटेर गरेका छन् । पुरानो मापदण्ड अनुसार क्रसर उद्योग सञ्चालन भएकाले नवीकरण रोकिएको घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख टोपलाल भुषालले बताए ।

जिल्लामा लमजुङ क्रसर एण्ड कन्सट्रक्सन र त्रिवेणी रोडा ढुंगा एण्ड बल्क उद्योग नियमविपरित सञ्चालनमा रहेको पाइएको हो । लमजुङ क्रसर एण्ड कन्सट्रक्सनको सञ्चालक निर्मलजंग घले र त्रिवेणी रोडा ढुंगा एण्ड बल्क उद्योगका सञ्चालक दिपेश श्रेष्ठ हुन् । ती उद्योग घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गरिए पनि पछिल्ला वर्षमा नवीकरण नै नगरी सञ्चालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले बताए ।

उनका अनुसार ती उद्योग तत्काल बन्द गर्नु पर्ने तीन कारण देखिएको छ । पहिलो न्यूनत्तम माप दण्ड नै पुगेको छैन । दोस्रो उद्योगको नवीकरण गरिएको छैन र पछिल्लो ऐन अनुसार स्थानीय तहमा दर्ता हुनुपर्नेमा त्यो पनि भएको छैन । उनका अनुसार प्रशासन कार्यालयले गत १८ असोजमा उनीहरू दुवैलाई प्रशासन कार्यालयमा उपस्थित हुन ३ दिनको समय सीमा दिएर पत्र काटेको थियो ।

त्रिवेणी रोडा ढुंगा एण्ड ब्लक उद्योगका सञ्चालक दिपेश श्रेष्ठ सम्पर्कमा नआएको हुँदा २४ असोजमा ताकेता पत्र काटियो । ‘त्यसपछि उनीहरूलाई मापदण्ड पुरा गर्न, नवीकरण गर्न र दर्ता गर्न अनुरोध गरियो’, शाहीले भने, ‘त्यसलाई अटेर गरेको पाइएपछि अब मापदण्ड पुरा नगर्दासम्म सञ्चालन गर्न नपाउने गरी बन्द गरिएको हो ।’ अन्नपुर्ण पोस्टमा खबर छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.