सां सद डा पौड्यालद्वारा सिं हदरबारमा म हिला शौ चालयको मा ग

काठमाडौ ।  राष्ट्रिय सभाकी सांसद डा विमला राई पौड्यालले संसद सचिवालयसँग महिला शौचालयको व्यवस्था गरिदिन ८/१० महिनादेखि पटक-पटक भने पनि बेवास्ता गरेको गुनासो गरेकी छिन् ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले संसद सचिवालयको कामको प्रभावकारिताबारे प्रश्न उठाउँदै महिला शौचालय छुट्टै चाहियो भनेर कयौं पटक भन्दा पनि व्यवस्थापन नगरिएको उनको भनाइ छ ।

झण्डै १० मिनेट संसद सचिवालयका कर्मचारीहरुको कार्यशैलीप्रति प्रश्न उठाउँदै विभिन्न दृष्टान्त दिंदै उनले छुट्टै महिला शौचालय र शौचालयमा टावेलको राख्नुप¥यो भनेर बारम्बार भन्दा पनि नभएको उनको गुनासो छ ।

पूर्व योजना आयोगकी सदस्य समेत भइसकेकी सांसद डा पौडेलले परिवर्तन आफैंबाट र आफ्नै घरबाट शुरु गर्नुपर्ने भन्दै संसद सचिवालयको कार्यशैलीको आलोचना गरेकी हुन् ।
डा पौड्यालले दिगो विकास समितिमा महिला र पुरुषको लागि छुट्टाछुट्टै शौचालय र विधायन समिति सचिवालयको शौचालयमा टावेल राखिदिन भने पनि महिनौंदेखि नभएपछि राष्ट्रियसभाको बैठकमै कुरा उठाउनु परेको बताइन् ।

दीगो विकास समितिको भवनमा एउटा मात्रै शौचालय छ । उनले भनिन्, “संसद सचिवालयका महासचिवलाई नै भेटेर भनेको । त्यसपछि ठेकेदारलाई दिइयो तर ८/१० महिना भइसक्दा पनि सञ्चालनमा आएको छैन ।” अहिले बनिसकेको जस्तो लागेर फेरि भन्न गएको तर सञ्चालन गरिएको छैन ।

त्यस्तै विधायन व्यवस्थापन समितिको सचिवालयको शौचालयमा टावेल राखिदिन भनेको पनि महिनौं भयो तर अझै भएको छैन । यी दुई बाहेक पनि कैयौं उदाहरण यस्तै छन्, जहाँ एउटै कुराको व्यवस्थापनका लागि समितिको सचिवालयदेखि संसद सचिवालयकै महासचिवसम्म पुग्दा पनि नहुने गरेको फेहरिस्त सुनाइन् ।

उनले कर्मचारी कार्यशैलीप्रति प्रश्न उठाउँदै काम नगर्ने कर्मचारीलाई निष्कासन गरिदिए मात्रै यो अवस्थाबाट सुधार आउने बताइन् ।-हिमाल खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.