प्लिज फरार नभन्दिनुस्, म चाँडै नेपाल फर्किन्छु : आस्था राउत

काठमाडौं । गायिका आस्था राउतलाई त्रिभुवन विमानस्थलमा महिला प्रहरीमाथि दु र्व्यव हार गरेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यलय काठमाडौंले प क्राउ पुर्जी जारी गरेपछि अहिले काठमाडौं प्रहरीले उनलाई खोजिरहेको छ।

प्रहरीले मिडियासँग आस्था फ रार भएको बताइरहेको छ। कन्सर्टका क्रममा सिक्किम पुगेकी आस्था प क्राउ पु र्जी जारी भएपछि नेपाल लाइभको सम्पर्कमा आएकी छिन्।

तपाईं प क्राउको ड रले फ रार हुनुभएको हो र भन्ने नेपाल लाइभको प्रश्नमा आस्थाले भनिन्, ‘अहिले बाहिर प्रचार भएजसरी म फरार भएकी छैन, कन्सर्टका लागि सिक्किम आउने क्रममा नै म माथि यो दुर्व्य वहारको घटना भएको हो। मेरो अझै यहाँ केही कार्यक्रम बाँकी नै छन्। त्यो कार्यक्रम सक्किएपछि म चाँडै नेपाल फर्किन्छु ।’

बिहीबार गायिका राउतले माघे मेलामा प्रस्तुति दिन सिक्किम जाने क्रममा आफू एक जना महिला प्र हरीको दुर्व्य वहारमा परेको दाबी गर्दै फेसबुक लाइभ गरेकी थिइन्।

फेसबुक लाइभका क्रममा आस्था एकदमै आवेगमा थिइन्। प्रहरीले आफूलाई दु र्व्यवहार गरेको जानकारी दिइरहँदा उनी प्रहरी संगठनमाथि नै प्रश्न उठ्नेगरी खनिएकी थिइन्।

त्यसपछि आस्थाको पक्ष/विपक्षमा सामाजिक संजालमा बहस सिर्जना भयो। पछि आस्थाले प्रहरी संगठनमाथि नै आँच पुग्नेगरी आफूले प्रयोग गरेका केही शब्दप्रति फेसबुक लाइभमार्फत नै मा फी मागिन् तर आफूले दु र्व्यवहार भोगेको घटना भने सत्य रहेको दाबी गरिन्।

यता आस्थाको गालीगलोजपछि प्रहरीले अनुसन्धान थाल्यो। आवाज नसुनिने सिसिटिभी फुटेज हेर्दा आस्थाको कमजोरी लागेपछि प्रहरीले विमानस्थल जस्तो सुरक्षा संवेदनशील क्षेत्रको भिडियो नै ‘लिक’ गरिदियो।

त्यसपछि पक्ष/विपक्षको माहोल झन् बढ्यो। प्रहरीसँगै आस्थालाई आलोचना गर्नेको भीड पनि सामािजक संजालमा बढ्न थाल्यो। सायद सामाजिक संजालको समर्थन देखेर होला प्रहरी झन् हौसियो र आस्थामाथि अ भद्र व्यव हारमा मुद्दा चलायो।

यता आस्था रिसको आवेगमा आफूले प्रयोग गरेको भाषाप्रति पटकपटक मा फी मागिरहेकी छिन्। उता प्रहरी आस्थालाई प क्राउ गरेर हिरा सतमा कोचेरै छाड्ने तयारीमा छ।

यही बेला नेपाल लाइभको सम्पर्कमा आइपुगेकी आस्था भन्छिन्, ‘मैले आवेशमा आएर पूरै प्रहरी संगठनकै सम्मानमा आँच पुग्ने केही शब्द बोलेकी थिएँ। त्यसका लागि मैले सार्वजनिक रुपमै माफी मागिसकेकी छु। फेरि पनि माग्न तयार छु। तर फेरि पनि भन्छु, मैले त्यतिबेला विमानस्थलमा भोगेको व्यव हार सह्य थिएन।

यद्यपि अनुसन्धानका क्रममा प्रहरीसँग मैले थप केही ‘को-अपरेट’ गर्नुपरे नेपाल फर्कनासाथ गर्न तयार छु। तर, प्लिज मलाई फरार चाहिँ नभन्दिनुस्।’नेपाललाइभबाट

1 Comment

1 Trackback / Pingback

  1. nebraska gay dating sites

Leave a Reply

Your email address will not be published.