राजश्व छली गरेको भाटभटेनीले ६ महिनाभित्र कर तिर्नुपर्ने, यस्ता छन भाँटभटेनीसँग तीन विकल्प

काठमाडौं । नक्कली भ्याट बिल प्रयोग गरी ८० करोड रुपैयाँ बराबरको राजश्व छली गरेको भाटभटेनी सुपर स्टोर्सले ६ महिना भित्र सबै कर तिर्नुपर्ने भएको छ ।

ठूलाकरदाता कार्यालयले चालुआर्थिक वर्ष भित्रै भाटभटेनीबाट सबै राजश्व उठाइसक्ने जनाएको छ । ठूला करदाता कार्यालय मात्रै सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठको पर्खाइमा छ । गत पुष २९ गते सर्वोच्च अदालतले भाटभटेनी सहित अन्य पाँच कम्पनीहरुले नक्कली भ्याट बिल खरिद गरी ३ अर्ब रुपैयाँ बराबरको राजश्व छली गरेको ठहर गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमेशेर जवरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजालासले भाटभटेनी, शंकर अक्सिजन ग्याँस, एआइटी प्राली, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, महेश बानियाँ विरुद्धको राजश्व न्यायाधिकरणबाट भएको फैसला सदर गरेको थियो । योसँगै आन्तरिक राजश्व विभागलाई कर उठाउन बाटो सहज भएको छ ।

भाटभटेनी ठुला करदाता कार्यालय अन्तर्गत पर्छ भने अन्य मध्यम र सानामा पर्छन् । भाटभटेनीले ८० करोड ५० लाख रुपैयाँ बराबरको भ्याँट छली गरेको छ ।

कर तिर्न भाँटभटेनीसँग तीन विकल्प

१. आयकर ऐन २०५८ दफा ११० ले सबै करदाताले किस्ता बन्दी माग गरे किस्ता बन्दीको सुविधा दिन सक्ने व्यवस्था गरेको छ । दफा ११९ अनुसार किस्ता बन्दीमा सरकारलाई तिर्नपर्ने १५ प्रतिशत व्याजको अतिरिक्त ५ प्रतिशत व्याज लाग्ने छ ।

२. भाटभटेनीले अहिले फैसला भएकोमा एकमुष्ट रकम तिर्नुनै उत्तम विकल्प देखिन्छ ।, ३. भाटभटेनीले एकमुष्ट तिर्ने निर्णय सहित म्याद थपको माग गरे ठूला करदाताको निर्णयबाट म्याद थप गर्न सक्छ ।

तर, सबै सुविधा दिई पटक पटक तोकता गर्दा पनि कर नतिरे आयकर ऐन २०५८ दफा १०४ अनुसार व्यवसायीक संस्थाको आयात निर्यात बन्द गर्ने, देखि कारोवार रोक्का गर्ने र विदेश भ्रमण समेत बन्द गर्ने सम्मको कानूनी व्यवस्था छ ।

२०६७ साल पुष ८ गते आन्तरीक राजश्व विभाग अन्र्तगत गठित समितिले ५ सय १८ व्याापारीक कम्पनीले नक्कली भ्याँट बिल प्रयोगबाट १० प्रतिशत मूल्यअभिवृद्धि कर भ्याँट र २५ प्रतिशत आयकर गरी ३५ प्रतिशत कुल ३ अर्ब रुपैयाँ राजश्व छली गरेको ठहर सहित अदालतमा मूद्धा दायार गरेको थियो ।

1 Comment

Leave a Reply

Your email address will not be published.