
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको माघ ६ गते बस्ने बैठकलाई नियमित गर्दै सोही बैठकबाट सभामुख निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न माग गरेको छ ।
काँग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले गत पुस ४ गतेबाट प्रारम्भ गर्न आह्वान गरिएको संसद् अधिवेशन लगभग एक महिना बितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दलको कमजोरीको भएको आरोप लगाएको छ ।
संविधानको धारा ९१ को उपधारा (२) बमोजिम सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थामा काँग्रेस संसदीय दलको आफ्नो दृढता दोहो¥याउँदै सोही मुताविक गर्न माग गरेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले लामो प्रक्रिया पार गर्दै नेपालको हितमा कार्यान्वयनको दिशामा अगाडि बढेको अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई तत्काल संसदबाट अनुमोदन गर्न समेत माग गरेको छ । साथै सो विषयमा केही सञ्चारमाध्यमबाट पार्टी सभापति देउवा र अन्य काँग्रेसका कतिपय सांसद तथा नेताहरुबाट आएको भनिएको यसविरुद्धको अभिव्यक्ति भ्रमपूर्ण र कपोकल्पित रहेको काँग्रेसले स्पष्ट पारेको छ ।
माघ ९ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानको रक्षाका निम्ति काँग्रेसका उम्मेदवारका पक्षमा मतदान गर्न अन्य राजनीतिक दल र मतदातालाई बैठकले आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक खाणले बताए । रासस
tadalafil 40 mg – tadalafil generic name tadalafil reviews