गायिका आस्था राउतलाई जाँ च गर्ने प्र हरी जवान रमिता श्रेष्ठले दिइन् य स्तो उ जुरी

काठमाण्डौ– गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अ’भद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउत वि’रुद्ध उजुरी दिनु भएको छ। विमानस्थल प्रहरी कार्यालय झापाले उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ।

श्रेष्ठले आफू ड्यूटीमा रहँदा राउतले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजरी दिनुभएको हो। गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दु’र्व्यवहार गरेको आरोप लगाएकी थिइन। झापाको भद्रपुर विमानस्थलमा ड्युटीमा खटिएकी महिला प्रहरीले आफू लाई असभ्य व्यवहार गर्दै ‘तँ’ शब्दको प्रयोग गरेको भन्दै राउत आक्रोशित बनेकी थिइन् ।

आस्था राउतले भिडियो लाइभपछि फेसबुकमा पोस्ट लेख्दै आफू आवेगमा आएको र प्रशासनले व्यवहारमा सुधार गर्नु पर्ने बताएकी थिइन् । श्रेष्ठले बर्दीमा रहेर आफ्नो ड्यूटी निभाउँदा उल्टै आफुमाथि गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै आस्थालाई का’रवाही को माग गरेकी हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.